back
CTIZAN AD

फूल उत्पादनमा वृद्धि

वि.सं.२०८२ साउन २७ मंगलवार

1K 

shares

काठमाडौँ  । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा फूल आयातमा कमी आएको छ । आर्थिक वर्ष २०८०/८१ मा २७ करोड ६९ लाख बराबरको आयात गरिएको फूल गत आर्थिक वर्ष २०८१/८२ मा १२ करोड ६० लाखको मात्र आयात गरिएको फ्लोरिकल्चर एसोसिएसनले जानकारी दिएको छ ।

पुष्प व्यवसायीहरूको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा १५ करोडले आयातमा कमी आएको छ । अध्यक्ष श्रेष्ठका अनुसार आयातमा कमी आउनुको मुख्य कारण भन्सारमा कडाइ, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनु र उत्पादन बढ्नु नै हो ।

यसैगरी, अघिल्लो आर्थिक वर्षको तुलनामा निर्यात भने बढेको छ । अघिल्लो आर्थिक वर्षमा एक करोड दुई लाख बराबरको फूल विभिन्न देशमा निर्यात भएको थियो भने गत आर्थिक वर्षमा दुई करोड १३ लाखको फूल निर्यात भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यसरी फूल निर्यात हुने जापान, अस्ट्रेलिया, माल्टा, हङकङलगायतका देशमा निर्यात हुने गरेको छ । हरेक वर्ष तिहारमा प्रयोग हुने मखमली फूल र प्रणय दिवसका लागि रातो गुलाफ आयात गर्ने गरिएको छ । पछिल्लो सयम स्वदेशमै फूल उत्पादन बढेकाले विगतका वर्षमा भन्दा यस वर्ष तिहारका लागि ल्याइने फूलमा कमी हुने अनुमान छ । हरेक वर्ष फूल उत्पादन बढ्दै गए पनि वार्षिक रुपमा १५ देखि २० प्रतिशत फूलको बजार माग बढ्ने गरेकाले पूर्ण रुपमा फूल आयातमा रोक्न नसकिएको बताइएको छ ।

पछिल्लो समय बजार माग वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५४ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । व्यावसायिक रूपमा ५१ हजार ५० जना यस व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहभागी बनेका छन् ।

लगभग २२१ हेक्टर क्षेत्रफलमा यो व्यवसाय सञ्चालनमा हुँदै आएको छ । यस व्यवसायको वार्षिक लक्ष्य भने रु तीन अर्बभन्दा बढी रहेको छ । फूलको व्यापार विशेषगरी असोजदेखि फागुन महिनासम्म बढी हुने गरेको छ ।

वि.सं.२०८२ साउन २७ मंगलवार १७:१९ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...