नैरोबी, केन्या । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अफ्रिका महादेशीय च्याप्टरको सोमबार सप्पन्न तेस्रो साधारणसभाले केन्याका कृष्णदत्त भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिले गठन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा पासाङ शेर्पा गोपर्मा (तान्जानिया), महासचिवमा रामचन्द्र राई (आर.सी. राई) (सेसेल्स), कोषाध्यक्षमा तिर्सना कोईराला (रुवाण्डा), सचिवमा भरत रिजाल (नाइजेरिया) र सदस्यहरुमा सागर भण्डारी (केन्या), गंगा बस्याल (केन्या), महेन्द्र भट्टराई (सेसेल्स), बिकास सुवेदी (घाना), युनेश घिमिरे (क्यामरुन) र गायत्री कुलुङ (सेसेल्स) चयन भएका छन् ।
त्यसैगरि सल्लाहकार समितिमा इजिप्टका लागि नेपाली राजदूत सुशील कुमार लम्साल, हिक्मत थापा, गणेश खडका, कुल कार्की र मनोज विक रहेका छन् ।
अधिवेशनमा आरसी राईले गत कार्यकालको प्रगति विवरण र तिर्सना कोइरालाले आर्थिक विबरण प्रस्तुत गरेका थिए । निर्वाचन अधिकृत चन्द्रा आर्चायले निर्वाचनको कार्यक्रम संचालन गरि निर्बिरोध कार्यसमितिको नाम प्रस्तुत र अनुमोदन गराएकी थिइन् ।
अनेसास अन्तर्राष्ट्रिय समितिका सल्लाहकार हिक्मत थापा प्रमुख अतिथि रहेको कार्यक्रममा अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष गणेश खडका विशिष्ट अतिथि रहेका थिए ।
कृष्णदत्त भट्टको सभापतित्वमा संचालन भएको अधिवेशनले समितिको वार्षिक प्रकाशन “किलिमन्जारो“ नियमित प्रकाशन गर्ने र अनेसासको प्रथम अफ्रिका साहित्य सम्मेलन आयोजना गर्ने योजना बनाएको छ ।
वि.सं.२०८२ साउन २७ मंगलवार २१:१० मा प्रकाशित



























