back
CTIZAN AD

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा राष्ट्रिय समितिद्वारा भर्चुअल बैठक सम्पन्न

वि.सं.२०८२ साउन २८ बुधवार

1.9K 

shares

काठमाडौ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा पेशागत महासंघ नेपालको युवा राष्ट्रिय समितिले भर्चुअल बैठक सम्पन्न गरेको छ ।

अगस्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पेशागत महासंघ नेपाल (CONEP NEPAL) को युवा राष्ट्रिय समितिको आयोजनामा ‘नवउदारवाद र युवा वर्गमा प्रभाव’ विषयमा एक दिने भर्चुअल माध्यमबाट सेमीनार कार्यक्रम सम्पन्न गरेकाे हाे।

सेमिनारमा विश्व ट्रेड युनियन महासंघ (WFTU) का  उप महासचिव तथा एशिया प्रशान्त कमिटीका इन्चार्ज श्रीकुमारले प्रमुख अतिथिको रूपमा भने, ‘विगत तीन दशकमा हामीले अनुभव गरेको कुरा के हो भने नवउदारवादले विश्वभरका युवा कामदारहरूलाई निरन्तर परिवर्तनशील रोजगार बजार अपनाउन धेरै दबाब दिएको छ जसको चरित्र अस्थिरता र चिन्ता हो जसले गर्दा युवाहरूमा मानसिक तनाव हुन्छ। नवउदारवादी आर्थिक नीतिहरू कामदारहरूको हितको लागि होइन तर बेरोजगारी संकटको फाइदा उठाउँदै अस्थिर रोजगारी, अस्थायी करार, निश्चित अवधिको रोजगारी, कम ज्याला सिर्जना गर्न बनाइएका छन्।’

उनले अगाडि भने ‘श्रमजीवी जनता, विशेष गरी युवाहरूको अथक संघर्षले निश्चित रूपमा कुनै पनि भेदभाव र असमानता बिना विश्वको सम्पूर्ण जनसंख्याको हेरचाह गर्ने कल्याणकारी राज्य प्राप्त गर्न सफल हुनेछ ।’

सेमिनार कार्यक्रममा पेसागत महासंघ नेपाल  CONEP का अध्यक्ष तथा WFTU का PCM प्रेमल कुमार खनालले मुख्य टिप्पणीहरू प्रस्तुत गर्दै  नवउदारवादले गरिबी, बेरोजगारी, आय असमानता, बेरोजगारी र भ्रष्टाचार बढाएको बताए। त्यस्तै नवउदारवादले विशेष गरी युवा वर्गको व्यापक श्रम शोषण निम्त्याएको छ। यसले विना सामाजिक सुरक्षा , अस्थायी, करार र कम ज्यालामा कामदारहरूलाई रोजगारी दिएर श्रम अधिकारलाई कमजोर बनाएको बताए ।

खनालले अब युवा बेरोजगारी, श्रम शोषण, भ्रष्टाचार र गरिबीका विरुद्ध लड्न युवाहरूले नेतृत्व लिनुपर्ने बताए। यसका लागि युवाहरूले थप एकताबद्ध हुनुहोस्, थप संघर्ष गर्नुहोस्, थप अधिकार प्राप्त गर्नुहोस्  UNITE MORE- STRUGGLE MORE- ACHIEVE MORE भन्ने आदर्शका साथ युवाहरु अगाडि बढ्नु पर्ने बताए ।

कार्यक्रममा WFTU – TUI Transport यातायातका महासचिव म्याथ्यू बोले-रेड्डाटले नवउदारवादी नीतिहरूले युवाहरूलाई शोषण गरेको बताए। अब कामदारहरू अझ संगठित भएर संघर्ष गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा  WFTU युवा समिति सदस्य तथा AITUC भारतका काउन्सिल सदस्य, केशव कुमार व्यास, कमरेड जगराज के के.जी. र देवनाथ, भारतको प्रतिनिधित्व गर्ने सेवानिवृत्त र पेन्सनधारकहरूका नेताहरूले पनि शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा जनकलाकार ऋषि अधिकारीले ‘समाजवाद’ विषयमा गीत प्रस्तुत गरेका थिए । ।

WFTU CC नेपालका महासचिव तथा ANTUC का अध्यक्ष लोकराज भुसाल, पेसागत महासंघ नेपालका पूर्व अध्यक्ष, कमरेड । प्रमोद शर्माले पनि शुभकामना व्यक्त गरे ।

कार्यक्रममा सहभागीहरु वाशु देव अधिकारी ,सुशन शाही, नन्दकिशोर चौधरी लगायतका सहभागीहरुले जिज्ञासा राखेका थिए । ।

कार्यक्रमको सञ्चालन WFTU युवा समिति सदस्य सुरेन्द्र ठाकुरले गरेका थिए भने स्वागत मन्तव्य युवा समिति संयोजक तथा  CONEP नेपालका उपमहासचिव सूर्य अधिकारीले गरेका थिए ।

वि.सं.२०८२ साउन २८ बुधवार १२:३४ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...