back
CTIZAN AD

अनुभवीहरु छोड्दै देश : गंगालालका वरिष्ठ डाक्टर कोइराला पुगे अमेरिका

वि.सं.२०८२ साउन २८ बुधवार

3.8K 

shares

काठमाडौँ । नेपालका दक्ष तथा अनुभवीहरुले देश छोड्ने क्रम बढ्दो छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा २५ वर्षदेखि कार्यरत एक डाक्टरलेपनि देश छाडेका छन् । उनको सेवाले हजारौँ मटुका रोगीहरुले नयाँ जीवन पाएका थिए ।

उक्त अस्पतालमा कार्डियोभास्कुलर विभागका प्रमुख वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा रामेश कोइरालाले आगामी असोज ३०देखि लागू हुनेगरी आफ्नो पदबाट राजीनामा दिएका छन् । हाल उनी अमेरिकामा छन् ।

यस्तो छ उनको राजीनामा पत्र

श्रीमान् कार्यकारी निर्देशक,
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र,
बाँसबारी, काठमाडौं,

विषयः राजिनामा दिएको बारे ।

महोदय, उपर्युक्त संबन्धमा आज २८ साउन, २०८२ मा म यस केन्द्रको कार्डियोभास्कुलर विभागको विभागीय प्रमुखका साथै बरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जनका रूपमा कार्यरत रहेकामा हाल व्यक्तिगत कारणले सो पदहरूमा कार्य गर्न असमर्थ रहेकाले अनि विद्युतीय इमेल/हस्ताक्षर प्रमाणिकरण गर्न म विदेशमा भएकाले मिति १६ अक्टोबर, २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले तदनुसार सोही मिति ३० असोज, २०८२ देखि लागु हुनेगरी मेरो राजीनामा स्विकृत गरी संचालक समितिलाई समेत अवगत गराइदिन हुन अनुरोध गर्दछु ।
सो अवधिबिच मैले उपयोग गर्दै आएको कार्यकक्षमा मेरा व्यक्तिगत सामान तथा कागजात बाहेक केन्द्रका कुनै जरुरी वा गोप्य कागजात नरहेकाले हस्तान्तरणसम्म पर्खिदिन पनि अनुरोध छ ।

म यस केन्द्रमा कार्यरत नरहे पनि केन्द्रको प्रगति एवं श्री गगन थापा, श्री प्रदीप पौडेल, तपाईं–हाम्रो र हाम्रा सुभेच्छुकहरूको सपना बमोजिम संघीय सरकारले यस केन्द्रलाई मुटुबाट बिस्तार गरी यसै वर्षदेखि ’शहीद गंगालाल राष्ट्रिय हृदय तथा स्नायु केन्द्र’का रूपमा देशलाई गौरवान्वित हुने मौका दिनेछ भन्नेमा विश्वस्त छु र यस्ता हरेक कार्यमा म सल्लाह सुझावका लागि हरदम उपलब्ध हुने नै छु ।
मलाई यस केन्द्रमा बिताएको २५वर्ष एवं यहाँको सद्भावको सदा सम्झना रहने छ ।

वि.सं.२०८२ साउन २८ बुधवार १२:५७ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...