back
CTIZAN AD

मेरो देशको स्थिति

वि.सं.२०८२ साउन २८ बुधवार

2K 

shares

मेरो देशको
आकाश अझै पनि नीलो छ
तर हावा धुलोले भारी भएको छ
जहाँ हिजका दिनमा नदीहरू गीत गाउँथे
तर, आज तिनीहरू कराइरहेका छन्,
प्लास्टिक र फोहोरको बोझ बोकेर ।

जनताको आशा
हजारी भट्टीमा बालिएको दियो जस्तै भएका छन्
हर रात बुझिन्छ,
तर बिहान फेरि जलाउन खोजिन्छ ।

देशका नेता
जसले वाचा गर्छन्
देशलाई स्वर्गको रुप दिन्छु भनेर
तर जनतालाई देखाउँछन्
केवल धुलो र धक्का खाएको बाटो
अनि झुटा आश र भ्रष्टाचार मात्रै

मेरो देश
जहाँ माया र संस्कार अझै जिउँदो छ,
तर भोक, बेरोजगारी र निराशाले
जनताको आँखा भिजाइरहेको छ।

तर म
अझै पनि टोलाउँछु भविष्यको आसातिर,
किनकि मलाई थाहा छ
यो देशलाई उठाउने हात
भोलिका दिनमा..
तिमी हामी र हाम्रौ छोराछोरीका हुनेछन्।

वि.सं.२०८२ साउन २८ बुधवार १३:४१ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...