back
CTIZAN AD

सुसेली

वि.सं.२०८२ साउन ३१ शनिवार

1.3K 

shares

सविता के.सी. बोहरा, फर्पिङ

१.
सिसी बोकेर
बाबा बस्छन् घरमा
रक्सी धोकेर

२.
मन खाएर
खुसी भए सित्तन
मासु पाएर

३.
पाएँ जातैले
आज ताल देखाई
खाएँ हातैले

४.
पर्व जात्राको
ताल भयो बेहोसी
छैन मात्राको

५.
गरे ठहर
डुब्ने भए नशामा
सबै प्रहर

६.
घ्याम्पो रित्तियो
जात्राभरी पिएर
बुद्धि सिद्धियो

७.
छाडा बोलेर
आमा छन् है घरमा
भन्ने भुलेर

८.
पिए रगत
चर्को चर्को झगडा
हुन्छ फगत

९.
सभ्य भएर
मिल्नुपर्छ घरमा
भव्य भएर

१०.
इज्जत राख
मनाउँदा संस्कार
आफ्नो नै साथ

वि.सं.२०८२ साउन ३१ शनिवार ०९:४९ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...