एलपी पराजुली, कपन काठमाडौँ
हुँदा सक्षम हिजो जसले अँगाले
तिनैले आज दुरदुर गर्न थाले
बने आफन्त सारा नै पराया
भुली सारा खुबी दुर्गुण निकाले
भयो के भुल कहाँ थाहै भएन
सबै निद्रा उडायो तर्कनाले
भएँ आहत दुखाई मन कुनै दिन
सधैँ होच्याउने उनका कुराले
परी एक्लो कहाँ रुन्थेँ सकसमा
बुझाई मन झनै हाँस्छु मजाले ।
बहर – हजज मुसद्दस महजुफ
अर्कान – मुफाईलुन् मुफाईलुन् फऊलुन्
वजन – १२२२ – १२२२ – १२२
काफिया – आले
रदीफ – ०
अभ्यास – उज्यालो पाठशाला
वि.सं.२०८२ साउन ३१ शनिवार ०९:४६ मा प्रकाशित





























