तेजप्रसाद खनाल, लमही दाङ
मिठा~बात गर रात त्यसै जान थाल्यो
सूर्यको रश्मीले अन्धकार लान थाल्यो
जसले~जेसुकै भनोस् तर पनि यहाँ
चोलामा माया प्रेम हुन प्रधान थाल्यो
साहित्यमा~ रमाउने मेरो भाइ यता
पढ्दै उपन्यास गर्न रसपान थाल्यो
चैतमास~ खडेरीले~ सताइँदा बस्ती
त्यसैमाथि धर्तीमा लाग्न तुफान थाल्यो
वर्खामा~ खोलामा पुलपुलेसो नहुँदा
जनलाई सवार गर्न हुन हैरान थाल्यो।
आदि अनुप्रास : आन
शेष अनुप्रास : थाल्यो
वि.सं.२०८२ साउन ३१ शनिवार ०९:५६ मा प्रकाशित






























