back
CTIZAN AD

मेलमिलाप केन्द्रबाट टुङ्ग्याइँदै मुद्दा

वि.सं.२०८२ भदौ १ आइतवार

2.6K 

shares

नेपालगञ्ज (बाँके) । जिल्ला अदालतमा मेलमिलाप भएर ८० मुद्दाको टुङ्गो लागेको छ । खासगरी देवानी प्रकृतिका लेनदेन, अंशवण्डा, मानाचामल भराउने, लिखत बदर, सम्बन्धविच्छेद, जग्गा साँधलगायतका मुद्दा अदालतमा रहेको मेलमिलाप केन्द्रबाट टुङ्गो लागेको बाँके जिल्ला अदालतका सूचना अधिकारी तीर्थराज आर्चायले जानकारी दिए ।

उनले मेलमिलापका लागि अदालतबाट आदेश भएर छलफल गर्न पठाइएको मुद्दा एक हजार १८३ भएको र मेलमिलाप हुन बाँकी रहेका मुद्दा ९० भएको बताए । जिल्ला अदालतमा मेलमिलाप हुनसक्ने प्रकृतिका मुद्दा छ हजार २७ र मेलमिलाप हुन नसकेका मुद्दा एक हजार १३ रहेको अदालतले जनाएको छ । यी सबै मुद्दा आर्थिक वर्ष २०८१÷८२ का हुन् ।

“अदालतमा मुद्दा दर्ता भएपछि बेञ्चले एकपटक मेलमिलापका लागि छलफल गराउने कानुनी प्रावधान रहेको छ, तर त्यहाँबाट मेलमिलाप भएन भने फैसला हुन्छ”, सूचना अधिकारी आर्चायले भने ।

अधिवक्ता वसन्त गौतमले मेलमिलापको अवधारणा पीडितमैत्री बनाउने रहेको उल्लेख गर्दै कतिपय मुद्दामा गोपनियताको विषयलाई पनि प्राथमिकता दिनुपर्ने बताए । उनले भने, “कतिपय अवस्थामा मेलमिलापका विषय पीडितमैत्री भएको देखिँदैन, त्यसका लागि मेलमिलापकर्ताले समयको व्यवस्थापन गर्न जरुरी छ ।”

अदालतमा स्थापना भएको मेलमिलाप केन्द्रका लागि तालिमप्राप्त दक्ष मेलमिलाप सहजकर्ता हुने गरेका छन् । बाँकेको जिल्ला अदालतमा सूचीकृत भएका १७ जना मेलमिलापकर्ता रहेका छन् । जिल्ला अदालतमा आव २०८१/८२ मा जिम्मेवारी सरिआएका तीन हजार ४३१ र नयाँ दर्ता भएका चार हजार ३७३ गरी सात हजार ८०४ मुद्दामध्ये चार हजार ६८५ मुद्दा फछ्र्योट भएको छ ।

फछ्र्योट हुनेमा जिम्मेवारी सरिआएका दुई हजार ६२७ र नयाँ दुई हजार ३१ रहेको जिल्ला अदालतले जनाएको छ । अदालतमा दुई वर्ष नाघेका मुद्दाको सङ्ख्या ५३ रहेको छ । रासस

वि.सं.२०८२ भदौ १ आइतवार ११:२० मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...