back
CTIZAN AD

झिनो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

वि.सं.२०८२ भदौ ४ बुधवार

1.8K 

shares

काठमाडौं । साताको चौँथो दिन सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले घटेको छ । बुधबार नेप्से ५.९१ अंकले घटेर २७७०.९९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा गिरावट आएसंगै कारोबार रकम पनि घटेको छ । बुधबार कूल सूचिकृत कम्पनीमध्ये २४९ कम्पनीको पाँच अर्ब २० करोड रुपैयाँ बराबरका १ करोड ५३ लाख कित्ता सेयर किनबेच भएको छ । यो अघिल्लो दिनको तुलनामा झण्डै ५३ करोड रुपैेयाँले कम हो ।

आजको बजारमा होटल तथा पर्यटन एवम् सामूहिक लगानीकोष बाहेकका सबै कम्पनी उपसूचक समूहको सूचक घटेको छ । आज विकास हाइड्रो, चन्द्रागिरी हिल्स, केबिएल डिबेन्चर २०८६ का लगानीकर्ताहरु सबैभन्दा धेरै कमउनेमा परेका छन् भने पञ्चकन्या माइ हाइड्रो, माथिल्लो सेन्जेन जलबिद्युत लगायतका कम्पनीका लगानीकर्ताहरु धेरै गुमाउनेमा परेका छन् ।

करोबार रकमका आधारमा पूनर्बीमा कमपनीहरु अग्रस्थानमा छन् । नेपाल पुर्नीमा कम्पनीको करिब २५ करोड एक लाख रुपैंयाँ बराबरको सेयर किनबेच भएको छ भने उसलाई पछ्याउँदै हिमालयन रिइन्स्योरेन्स कम्पनीका २१ करोड ७७ लाख रुपैंयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

वि.सं.२०८२ भदौ ४ बुधवार १५:५३ मा प्रकाशित

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...