back
CTIZAN AD

प्रतिनिधिसभा बैठकः सीमा विवादबारे सरकारको ध्यानाकर्षण

वि.सं.२०८२ भदौ १३ शुक्रवार

1.4K 

shares

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सीमा विवादबारे सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले लिपुलेक मार्ग प्रयोग गर्न भारत र चीनबीच भएको सम्झौता गलत रहेको उल्लेख गर्दै यस विषयमा कूटनीतिक संवाद गर्न सरकारसँग आग्रह गरे।

शून्य समयमा आफ्ना धारणा राख्दै सांसदहरुले एक हप्तादेखि आन्दोलनरत उखु किसानहरुको माग जायज रहेको र सम्बोधन गर्न सरकारसँग माग गरे । उनीहरुले आन्दोलनरत उखु किसानहरुले पाउँदै आएको अनुदान र बाँकी बक्यौता रकम तत्काल भुक्तानी गर्न शीघ्र पहल गर्नुपर्नेमा जोड दिए ।

सांसद महिन्द्रकुमार रायले किसानको जायज माग सम्बोधन गर्न र बाँकी बक्यौता रकम दिन माग गरे । उनले मधेस क्षेत्रमा अझै पनि खानेपानीको सुविधा पुग्न नसकेको बताए ।

सांसदहरु लीलानाथ श्रेष्ठ, रुपा शोशी चौधरी, लेखनाथ दाहाल, राजकिशोर यादव, मीना तामाङ, रेखा यादव, रामशङ्कर यादव र रामकृष्ण यादवले उखु किसानका माग यथोचित रहेकाले यथाशीघ्र सम्बोधन गर्नुपर्ने बताए ।उनीहरुले मलखाद किसानलाई उपलब्ध हुन नसकेको र पाए पनि विचौलियामार्फत किन्नुपर्ने बाध्यता रहेको बताए ।

सांसद राजकिशोर यादवले प्रश्न गर्नुभयो, “अन्नदाता नै अपमानित हुनुपर्ने रु श्रमको उचित मूल्य पाउन पनि आन्दोलन गर्नुपर्ने रु यस्ता नीतिबाट हामी कहाँ जाँदैछौँ रु”

सांसद रामहरि खतिवडाले सार्वजनिक बिदा दिनेमा नेपाल पहिलो नम्बरमा परेको भन्दै बिदालाई कटौती गर्नुपर्ने र सवारीसाधनमा इम्बोस्ड नम्बर राम्ररी अध्ययन गरेरमात्र लाग्नुपर्ने बताए । सांसदहरुले सरकारले नेपालको सार्वभौमिकता र सीमा सुरक्षामा कडाइ अपनाउन पहल गर्नुपर्ने धारणा राखे ।

सांसद महेश बस्नेतले नेपालको भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई नेपालको सहमति बिना नै छिमेकी राष्ट्र भारत र चीनले व्यापारिक केन्द्र बनाउने सहमति आपत्तिजनक रहेको बताए । सांसद राजेन्द्रकुमार केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा उक्त सम्झौताबारे छलफल गर्न र छलफल फलदायी बनाउनुपर्ने बताए ।

सांसद महेशकुमार बर्तौलाले बजारमा बिक्रीका लागि राखिएका विभिन्न खाद्य पदार्थमा अत्यधिकमात्रामा रासायनिक र विषादी प्रयोगले स्वास्थ्यमा असर पारिरहेको भन्दै स्वास्थ्यसँग जोडिएका विषयमा प्रभावकारी नियमन र कारबाही गर्नुपर्ने माग गरे । सांसद माधव सापकोटाले तातोपानी नाका पुग्नका लागि अरनिको राजमार्ग अवरुद्ध हुँदा चाडपर्वको मुखमा बजारको भाउ बढ्नसक्ने भन्दै मार्ग खुलाउन पहल गर्नुपर्ने बताए ।

सांसद मेनकाकुमारी पोखरेलले छाउगोठ भत्काएर मात्र समाधान नहुने र यसका लागि सचेतना अभियान नै सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे । सांसद रेखा शर्माले दाङको घोरोहीदेखि प्यूठान जोड्ने सडक जीर्ण रहेकाले सो सडक स्तरोन्नति गर्न माग गरे । सांसदहरु भीमप्रसाद आचार्य, मेटमणि चौधरी, बिजुला रायमाझी, राजेन्द्र बजगाईं, रणेन्द्र बराली, राजेन्द्रकुमार राई, रुक्मीणी राना बराइली, मङ्गलप्रसाद गुप्ता, रणकुमारी बलमपाकी मगर र रमा कोइराला पौड्यालले समसामियक विषयमा आफ्ना धारणा राखे ।

वि.सं.२०८२ भदौ १३ शुक्रवार १६:२२ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...