back
CTIZAN AD

राकुटेन भाइबर: एक दशकभन्दा बढीको विश्वास र जोड्दै नेपालीको बीचमा सम्बन्ध

वि.सं.२०८२ भदौ २० शुक्रवार

1.1K 

shares

काठमाडौं । गुगल प्ले स्टोरमा एक अर्बभन्दा बढी पटक डाउनलोड भएको संसारकै सबैभन्दा विश्वासिलो सञ्चार प्लेटफर्ममध्ये एक राकुटेन भाइबर नेपालमा दशकभन्दा बढी समयदेखि घर-घरमा परिचित नाम बनेको छ। यसले मानिसहरूलाई अर्थपुर्ण सम्बन्धहरू बनाउन, आफ्ना परिवार र साथीहरूसँगका अमूल्य क्षणहरू सुरक्षित रूपमा बाँड्न, व्यावसायिक सम्बन्धहरूलाई व्यवस्थापन गर्न र आफ्ना रुचि पछ्याउनका लागि एउटै थलोमा सहज वातावरण उपलब्ध गराउँदै आएको छ।

सन् २०२४ को सुरुवातमा भाइबरले नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सामाजिक सञ्जाल प्लेटफर्मका रूपमा आधिकारिक दर्ता गर्यो। यसले नेपाल सरकारद्वारा जारी सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०२३ पालना गरेको छ।

डेटा गोपनीयतालाई विशेष प्राथमिकता दिँदै भाइबरले एन्ड-टु-एन्ड इन्क्रिप्टेड भ्वाइस र भिडियो कल, म्यासेजिङ, ग्रुप च्याट, जिआईएफ, फाइल सेयरिङ र डिभाइस सिन्क्रोनाइजेसन सुविधा उपलब्ध गराएको छ। सुपर एपको रूपमा भाइबर केवल मेसेजिङ वा कलमै मात्र सीमित छैन, यसले प्रयोगकर्ताको दैनिक जीवनलाई सहज बनाउन विभिन्न उपयोगी सेवाहरू प्रदान गर्दछ। साथै प्रयोगकर्ताले यसै प्लेटफर्मभित्र पब्लिक च्यानलहरू मार्फत सेलिब्रिटी, इनफ्लुएन्सर र ब्रान्डसम्बन्धी अपडेटहरू पनि पाउँछन्।

भाइबर नेपालमा सुरुवाती कालमै उपलब्ध भएका सञ्चार एपहरूमध्ये एक हो जसले नेपाली भाषाका स्टिकर र स्थानीय सामग्रीहरू उपलब्ध गराउँदै डिजिटल सञ्चारलाई अझै व्यक्तिगत र आत्मीय बनाएको छ। यो निरन्तर रूपमा नेपालीहरूको सेवामा प्रतिबद्ध छ।

राष्ट्रिय संकटका समयमा पनि भाइबरले महत्वपूर्ण भूमिका खेलेको छ। सन् २०१५ को गोरखा केन्द्रबिन्दु पारेर गएको भूकम्पपछि यसले गुणस्तरीय भ्वाइस र भिडियो कल सेवा उपलब्ध गराएको थियो। कोभिड–१९ महामारीका बेला यसले स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरी केस संख्या र अस्पताल क्षमताबारे महत्त्वपूर्ण जानकारी साझा गरेको थियो भने नेपाल प्रहरीसँग मिलेर सार्वजनिक सञ्चार कायम राख्न पनि योगदान गरेको थियो।

राकुटेन भाइबरका बारेमा

राकुटेन भाइबर संसारकै सबैभन्दा विश्वासिलो र बढी डाउनलोड भएका एपहरूमध्ये एक हो। हामी सुरक्षित तरिकाले मानिसहरूलाई जोड्ने मात्र होइन, उनीहरूले परिवार र साथीहरूसँग आफ्ना अमूल्य क्षणहरू बाँड्न, व्यावसायिक सम्बन्धहरू व्यवस्थापन गर्न वा आफ्ना रुचि पछ्याउन लागि एउटै ठाउँमा सहज वातावरणको सिर्जना गर्दछ। सुपर एपको रूपमा यसले प्रयोगकर्ताको दैनिक जीवनलाई सहज बनाउन आवश्यक सेवाहरू उपलब्ध गराउँछ।
राकुटेन भाइबर, राकुटेन ग्रुप आईएनसीको हिस्सा हो जुन विश्वव्यापी रूपमा ई–कमर्स, फिनटेक, डिजिटल कन्टेन्ट र सञ्चार सेवामा अग्रणी प्रविधि कम्पनी हो

वि.सं.२०८२ भदौ २० शुक्रवार १६:१८ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको...

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी...