back
CTIZAN AD

विटगन ग्रुपका निर्माणसम्बन्धी अत्याधुनिक उपकरण तथा औजारहरुको नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त

वि.सं.२०८२ भदौ २२ आइतवार

2.2K 

shares

काठमाडौं । विगत लामो समयदेखि अटोमोबाइल, रोड, बिल्डिङ र ब्रिज कन्स्ट्रक्सन इक्विपमेन्टको निरन्तर बिक्री–वितरण गर्दै आएको प्राइम एसोसिएट्स विश्वका अत्याधुनिक प्रविधि प्रयोग गरी उत्पादन हुने जोन डियरे ग्रुप अन्तर्गत विटगन ग्रुपका निर्माणसम्बन्धी अत्याधुनिक उपकरण तथा औजारहरुको नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच विटगन ग्रुपका एमडी, सीईओ रमेश पलागिरी र प्राइम एसोसिएट्स प्रालिका कार्यकारी निर्देशक दिपक आचार्यले यस सम्बन्धी सम्झौता पत्र आदानप्रदान गरे । सो अवसरमा नयाँ ग्राहकलाई ती उपकरणको चाबी समेत हस्तान्तरण गरियो ।
सो अवसरमा एमडी, सीईओ रमेश पलागिरीले विश्वमै उत्कृष्ट निर्माण उपकरण मानिने विटगन ग्रुप अन्तर्गतका इक्विपमेन्ट नेपाली बजारमा धेरै ग्राहकले रुचाइरहेको र आगामी दिनमा यसको प्रयोग अझै बढ्ने अपेक्षा गरे ।

प्राइम एसोसिएट्स प्रालिका कार्यकारी निर्देशक दिपक आचार्यले लामो समय देखि यही क्षेत्रमा क्रियाशील भएको र हाल नयाँ ब्रान्डमार्फत नेपाली ग्राहकलाई थप गुणस्तरीय निर्माण सामग्री उपलब्ध गराउन पाउँदा खुसी लागेको बताए ।

प्राइम एसोसिएट्सले विगत १८ वर्ष देखि नेपाली बजारमा अटोमोबाइल र कन्स्ट्रक्सन इक्विपमेन्ट सम्बन्धी कारोबार गर्दै आएको छ । यस अनुसार सडक विस्तारका लागि आवश्यक अस्फाल्ट प्लान्ट, पेभर्स, ब्रुमर, स्टोन क्रसर लगायतको कारोबार गर्दै आएको प्राइम एसोसिएट्सले कंक्रिटिङका लागि चाहिने सेल्फ लोडिङ मिक्सचर समेत उपलब्ध गराइरहेको छ ।
हाल विश्वका विभिन्न देशमा विटगन कम्पनीका उत्कृष्ट तथा विश्वसनीय उत्पादन सडक निर्माण तथा पुनस्र्थापना कार्यका लागि बिक्री–वितरण भइरहेका छन् । विटगन ग्रुप ९ध्ष्चतनभल न्चयगउ० बाट उत्पादित विटगन, भोग्ले, ह्याम र क्लिम्यान ९ध्ष्चतनभल, ख्यनभभि, ज्बmm ७ प्भिझबलल० लगायतका विभिन्न ब्रान्डका उपकरणहरू नेपालका सड़क तथा विभिन्न परियोजना लगायत सम्पूर्ण आधारभूत संरचना निर्माणका लागि गुणस्तरयुक्त मेसिन÷औजार भएको सगौरव जानकारी गराउँदछौ ।

१०० वर्ष भन्दा लामो इतिहास भएको विटगन ग्रुप सन् १९९५ मा भारतको पुनेमा स्थापित एक अन्तर्राष्ट्रिय रुपमा सक्रिय बहुराष्ट्रिय निर्माण उपकरण निर्माता कम्पनी हो । यो समूह सडक निर्माण उद्योगमा गुणस्तरीय र नवीनतम प्रविधिको मेसिनरी प्रदान गर्ने एक महत्वपूर्ण र भरपर्दो साझेदारका रुपमा परिचित छ ।

नेपालको सडक निर्माणमा विश्वसनियता प्राप्त गरेका ह्यामका डबल ड्रम रोलर र स्वायल कम्प्याक्टर, भोग्लेका सडक पेभिङ गर्ने मेसिनका साथै विटगन ब्रान्डको मिलिङ मेसिन र सर्फेस माइनर जस्ता उपकरण उपलब्ध छन् । क्लिम्यानका उत्पादनहरु ढुंगा क्रसिङ गर्न तथा खानी संचालन गर्न, खानीमा खनिएका ढुंगा तथा खनिजहरुलाई सानो बनाउन प्रयोग गरिन्छ ।

यसै बिच ह्याम ब्रान्डको मिनी रोलर एचडी १२ भीभी ९ज्म् ज्ञद्द ख्ख्० लन्च गरिएको छ । ह्याम ब्रान्ड सडक निर्माणको क्रममा प्रयोग हुने रोलर र स्वाइल कम्प्याक्टरको विशेषज्ञ नै मानिन्छ । विभिन्न भेरिएन्टमा उपलब्ध हुने सो मिनी रोलरमा दुई भाइब्रेटिङ रोलर ड्रम उपलब्ध छन् । सो रोलरमा बेस्ट इन क्लास पावर र इको–फ्रेन्ड्ली इन्जिन टेक्नोलोजी छ । वजनलाई चारैतिर बराबर फैलाउन र अन–सेन्टर फिल गराउनका लागि थ्री–पोइन्ट आर्टिक्युलेसन उपलब्ध छ । इर्गोनोमिक ड्राइभर प्लेटफर्म, मेसिन र कन्स्ट्रक्सन साइटको उत्कृष्ट भ्यु तथा इन्टेलिजेन्ट वाटर स्प्रिङक्लर सिस्टम जस्ता विशेषता यसमा रहेका छन् ।

नेपालमा विटगनका उत्पादनहरु धेरै निर्माण कार्यमा सफलतापूर्वक प्रयोग भइरहेका छन् । देशभर यसको सर्भिस नेटवर्क उपलब्ध छ । दक्ष प्राविधिकमार्फत बिक्री पछिको सेवा तथा आवश्यक स्पेयर पार्ट्स समेत उपलब्ध छ ।

वि.सं.२०८२ भदौ २२ आइतवार १३:२५ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...