काठमाडौँ । काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी फरार भएका छन् ।
भद्र बन्दीगृहमै रहेका टोपबहादुर रायमाझीसहितका कैदिबनदी कारागाराबाट भागेका हुन् । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा थिए ।
कारागारमा रहेका ३८ सय कैदीबन्दी रहेका सो कारागारामा अहिले जम्मा ५ सयको हाराहारीमा मात्रै रहेका छन् । भद्रबन्दी गृहमा एक सय जना रहेको स्रोतले बतायो ।
त्यस्तै महिला बन्दी गृहमा एक सयको हाराहारीमा कैदीबन्दी छन् । सेन्ट्रेल कारागारमा भने करिब ३ सयको हाराहारीमा कैदी रहेका छन् ।
भागेका कैदीबन्दी भने कारागारमा इमान्दारीताकोसाथ फर्केका छने । फर्किने क्रम पनि जारी रहेको छ ।
वि.सं.२०८२ भदौ २५ बुधवार १५:२० मा प्रकाशित






























