back
CTIZAN AD

‘जेनजी पुस्ता’को माग संवैधानिक रूपमा पूरा गर्नुपर्छः वरिष्ठ उपाध्यक्ष पाण्डे

वि.सं.२०८२ भदौ २७ शुक्रवार

1.1K 

shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले ‘जेनजी पुस्ता’को मागप्रति समर्थन जनाउँदै त्यसलाई संवैधानिक रूपमा पूरा गर्नुपर्ने बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष पाण्डेले आज विज्ञप्ति जारी गर्दै ‘जेनजी पुस्ता’ले उठाएका सुशासन, रोजगारी, विकास तथा शासन व्यवस्थाका विषय सम्बोधन गर्न वर्तमान संविधानभित्रैबाट सकिने बताए । लोकतन्त्रलाई नै समाप्त पार्ने, अस्थिरता निम्त्याएर मुलुकलाई असफल राष्ट्र बनाउने षड्यन्त्र भइरहेकाले जेनजी पुस्ताले गरेका माग संविधान संशोधन गरेर पूरा गर्न सकिने बताए ।

लोकतन्त्र विरोधीहरूले यही मौकामा संसद् विघटन र संविधान खारेज गरी देशको राष्ट्रियता कमजोर बनाउने षड्यन्त्रलाई विफल बनाउने विषयमा संवेदनशील हुन आग्रह गर्दै उनले जेनजी पुस्ता, संविधानविद्, नागरिक समाज र राजनीतिक प्रतिनिधिको सामूहिक छलफलबाट अन्तरिम सरकार निर्माण गर्नुपर्नेमा जोड दिए ।

वरिष्ठ उपाध्यक्ष पाण्डेले सामाजिक सञ्जाल, वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, भेला हुने स्वतन्त्रता, सङ्गठित हुने स्वतन्त्रतालगायत सबै प्रकारका मौलिक हक र नागरिक अधिकार कायम गर्दै भ्रष्टाचार गर्नेलाई कारबाही गर्न उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गर्नुपर्ने बताए ।

वि.सं.२०८२ भदौ २७ शुक्रवार १४:५५ मा प्रकाशित

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...