यहाँ सास पनि भिक माग्न पर्यो,
आफ्नै देशका नेता भ्रष्ट भएपछि ।
विद्यालयकै कपडामा गोली खानु पर्यो,
मनमा हरि नभएका नेता भएपछि ।
स्वर्ग जस्तै देशमा जन्मे जस्तो लाग्थ्यो
लाज लाग्यो नेतृत्वकर्ता गतिलो नभएपछि ।
युवाको रगतले खोलो बगेको थियो,
नुनको भार तिर्नु पर्छ भन्ने भएपछि ।
कोपिलामै संसार छाड्न पर्यो,
भविष्यका कर्णधारलाई मारेर नङ्गाएपछि ।
कति रोइन् होला ती संसार देखाउने आमा,
स्वतन्त्रता खोज्न गएको सन्तान लास भएपछि ।
पीडितले न्यायको ढोका पाएनन्,
षड्यन्त्र गरी न्यायालय नै खरानी बनाएपछि ।
देशको पाप त एकदिन तिमीलाई नि लाग्छ
आफ्नै जननी जन्मभूमीलाई जलाएपछि ।
वि.सं.२०८२ भदौ २८ शनिवार १५:०७ मा प्रकाशित



























