back
CTIZAN AD

आज आइतवारः तपाईँको राशिफल कस्तो छ हेर्नुहोस्

वि.सं.२०८२ भदौ २९ आइतवार

1.7K 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अरूको भरपर्दा आफ्नो काम प्रभावकारी काम नहुन सक्छ। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। मानसम्मानमा बाधा पुग्ने हुँदा बोली–व्यवहारमा सजग रहनुहोला। मिहिनेत गर्दा नियमित काम सम्पादन हुनेछन्। अवसर प्राप्त भए पनि उपलब्धि हातपार्न भने समय लाग्नेछ।

वृष –इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला। बेसुरको निर्णयले समस्या निम्त्याउन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तर शुभचिन्तकहरूले अप्ठ्यारो पर्दा साथ दिनेछन्। दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ। बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ। स्वास्थ्य कमजोर हुने समय रहेकाले खानपानमा सजग रहनुहोला।

मिथुन –का, कि, कु, घ, ङ, छ, के, को, ह
समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ। आकस्मिक समस्याले अर्थ अभाव देखापर्न सक्छ। आवश्यक परेका बेला शुभचिन्तकसमेत टाढा हुनेछन्। बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नुपर्ला। समयको प्रतिकूलताले काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
विवादास्पद कामलाई टुंगो लगाउँदै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। कर्मयोगले आम्दानी समेत बढाउनेछ। मेहनत गर्दा आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन्। प्रयत्न गर्दा लक्ष्य प्राप्तिका साथै दिगो काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिचान गर्न सकिनेछ।

सिंह –मा, मि, मु, मे, मो, टा, टि, टु, टे
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। महत्त्वाकांक्षाले केही समस्या पनि निम्त्याउन सक्छ, सजग रहनुहोला।

कन्या –टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। अध्यात्मभाव जागृत हुनुका साथै परोपकारी काममा प्रवृत्त भइनेछ।

तुला –र, रि, रु, रे, रो, ता, ति, तु, ते
सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। तत्काल फाइदा नभए पनि पछिका लागि स्रोत पहिचान गर्न सकिनेछ।

वृश्चिक –तो, ना, नि, नु, ने, नो, या, यि, यु
घुमफिर तथा मनोरञ्जनको समय छ। समय लागे पनि काम बन्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँग रमाइलो भेट रहनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। भौतिक साधन जुट्नेछन्। व्यापारमा आम्दानी बढाउन सकिनेछ।

धनु –ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। तापनि चुनौती चिर्दै काम बनाउन सकिनेछ। ईष्र्या गर्नेहरूबाट केही सावधान भने रहनुपर्ला।

मकर –भो, ज, जि, खि, खु, खे, खो, गा, गि
शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। चिताएका काम सम्पादन हुनेछन्। गुरुजनको सहयोग जुट्नाले पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। लगनशीलताले राम्रो उपलब्धि दिलाउनेछ। पछि फाइदा हुने काम सम्पादन हुनेछ।

कुम्भ –गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। नयाँ काममा हात हाल्ने समय छ। केही संघर्ष गर्नुपरे पनि फाइदा उठाउन सकिनेछ। साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ। मान्यजनको सुझाव शिरोधार्य गर्नुहोला। आफ्ना कमजोरीबाट फाइदा उठाउनेहरू भने सक्रिय रहनेछन्। उपलब्धि जोगाउन अलि सावधान रहनुहोला।

मीन –दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। मिहिनेत गर्दा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। कृषिकर्म अथवा कुनै व्यावसायिक कामको योजना प्रारम्भ गर्न सकिनेछ। उद्योग र व्यापारमा पनि फाइदै हुनेछ।

२०८२ भदौ २९ गते आइतवार, १४ सेप्टेम्बर २०२५
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

 

वि.सं.२०८२ भदौ २९ आइतवार ०६:२६ मा प्रकाशित

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

काठमाडौं । काठमाडौंको जमल क्षेत्रमा वर्षायाममा बारम्बार हुने डुबानको मुख्य...

भदौ २४ को हिंसात्मक घटनाका प्रायोजकमाथि कारबाही गर्न गोकुल बास्कोटाको माग

भदौ २४ को हिंसात्मक घटनाका प्रायोजकमाथि कारबाही गर्न गोकुल बास्कोटाको माग

काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले...

गणेश यादवका परिवारसँग आठबुँदे सहमति

गणेश यादवका परिवारसँग आठबुँदे सहमति

जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्युु...

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न...

आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना

आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको...

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

काठमाडौँ । ठगी, आपराधिक विश्वासघात तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा सङ्लग्न...