back
CTIZAN AD

देशको पाप लाग्छ तिमीलाई

वि.सं.२०८२ भदौ २८ शनिवार

2.2K 

shares

यहाँ सास पनि भिक माग्न पर्यो,
आफ्नै देशका नेता भ्रष्ट भएपछि ।

विद्यालयकै कपडामा गोली खानु पर्यो,
मनमा हरि नभएका नेता भएपछि ।

स्वर्ग जस्तै देशमा जन्मे जस्तो लाग्थ्यो
लाज लाग्यो नेतृत्वकर्ता गतिलो नभएपछि ।

युवाको रगतले खोलो बगेको थियो,
नुनको भार तिर्नु पर्छ भन्ने भएपछि ।

कोपिलामै संसार छाड्न पर्यो,
भविष्यका कर्णधारलाई मारेर नङ्गाएपछि ।

कति रोइन् होला ती संसार देखाउने आमा,
स्वतन्त्रता खोज्न गएको सन्तान लास भएपछि ।

पीडितले न्यायको ढोका पाएनन्,
षड्यन्त्र गरी न्यायालय नै खरानी बनाएपछि ।

देशको पाप त एकदिन तिमीलाई नि लाग्छ
आफ्नै जननी जन्मभूमीलाई जलाएपछि ।

वि.सं.२०८२ भदौ २८ शनिवार १५:०७ मा प्रकाशित

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...

गजल

गजल

कपिल किशोर घिमिरे, दाङ मेरी पियारी नजिक आइन् निकै सुस्तरी...