back
CTIZAN AD

रातो कार्ड नहुँदा भूकम्पपीडितलाई समस्या

वि.सं.२०७४ जेठ २७ शनिवार

708 

shares

२७ जेठ, काभ्रे । बनेपा नगरपालिका–३, नाला टुसाल निवासी ४५ वर्षीय छविराम सिग्देलको परिवार भत्किएको घरभित्र बसिरहेको अवस्थामा भेटिनुहुन्छ । घरभित्र नै उहाँको परिवार खाने, बस्ने र सुत्ने गर्दै आएको छ ।

उहाँको परिवारले भूकम्पपीडित परिचयपत्रसमेत नहुँदा घर बनाउन सकिरहेको छैन । “सहरमा दुई÷तीन तलाको घर हुने परिवारले समेत रातो कार्ड पाएर पनि पहिलो किस्ता लिइसके, तर हामी वास्तविक पीडितले अहिलेसम्म रातो कार्डसम्म पाएका छैनौँ,” सिग्देलले गुनासो पोख्नुभयो, “बरु हामीले परिचयपत्र समेत पाएको भए पनि दुःख गरेर घर बनाउने थियौँ ।” आफू बस्ने घर ढुङ्गामाटोको भएको र पहिले प्राविधिक आएर जाँच्दा यस्तो घरलाई अति प्रभावित घरका रुपमा राखे पनि पछि आएको प्राविधिक टोलीले बाहिर हेर्दा घर राम्रै देखिएको भन्दै भित्र नहेरी भूकम्पपीडितको सूचीमा नाम छुटाएको उहाँले आरोप लगाउनुभयो ।

सिग्देलको परिवार भत्किएको घरभित्र नै कहिले भूकम्प आउने हो र थिच्ने हो भनी त्रासपूर्णरुपमा त्यही घरभित्रै गुजारा गर्दै आएको छ । सिग्देलजस्तै त्यहाँका अन्य थुप्रै पीडितले हालसम्म भूकम्पपीडित परिचयपत्र पाउन सकेका छैनन् ।

पहिले भूकम्पपीडित भनेर रु २५ हजार रकम किस्ता लिएको तर पछि के कारणले आफू भूकम्पपीडितको सूचीमा नपरेको भन्ने कुरामा अनविज्ञ रहेको त्यहाँका अर्का स्थानीय गोकुल सापकोटा बताउनुहुन्छ । मान्छे टहरामा बसे पनि गाईबस्तु भने पुरानै घरभित्र बाँध्दै आएको उहाँले बताउनुभयो । टहरामा जीवन गुजार्न कठिन भएकाले तत्काल सम्बन्धित निकाय पुनः अनुगमनका लागि आएर पीडित परिचयपत्र दिए आफूलाई सहयोग मिल्ने उहाँको भनाइ छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पहिलो अनुगमनमा नाम छुटेका झन्डै दुई हजार ३०० भूकम्पपीडितको गुनासो सङ्कलन गरेको थियो ।

जसमध्ये हालसम्म पहिलो चरणमा र दोस्रो चरणमा गरेर झन्डै नौ हजार पीडितको नाम निस्किसकेको छ भने अहिले जम्मा एक हजार ९०० पीडितको नाम निस्किसकेको भए पनि आधिकारिक रुपमा भने घोषणा गर्न बाँकी छ ।

पुनः गुनासो भराउँदासमेत नाम छुटेका पीडितको लागि प्राविधिक टोली पठाएर नाम सङ्कलन गरी परिचयपत्र वितरण गरिने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण काभ्रेका प्रमुख धु्रव गैँडाले बताउनुभयो । “हामी वास्तविक पीडितलाई राहत उपलब्ध गराएर छाड्छौँ ।”

वि.सं.२०७४ जेठ २७ शनिवार ०३:११ मा प्रकाशित

को हुन् त बालेन ? जनताको रोजाइमा किन परे ?

को हुन् त बालेन ? जनताको रोजाइमा किन परे ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर तथा झापा क्षेत्र नं।–...

प्रतिनिधिसभा निर्वाचनः दुई दिनमा काठमाडौँबाट ८० हजार यात्रु बाहिरिए

प्रतिनिधिसभा निर्वाचनः दुई दिनमा काठमाडौँबाट ८० हजार यात्रु बाहिरिए

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट आ–आफ्नो जिल्लातार्फ...

गोर्खामा नेपाली काँग्रेसलाई सहयोग गरेको समाचार भ्रामक : प्रलोपाका नेता श्रेष्ठ

गोर्खामा नेपाली काँग्रेसलाई सहयोग गरेको समाचार भ्रामक : प्रलोपाका नेता श्रेष्ठ

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीले गोर्खा जिल्लामा नेपाली काँग्रेसलाई सहयोग...

विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था

विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था

काठमाडौँ । मध्यपूर्वमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान रद्द...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

नेता खड्काद्वारा पार्टीका पक्षमा मतदान गर्न आह्वान

नेता खड्काद्वारा पार्टीका पक्षमा मतदान गर्न आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीका पक्षमा मतदान...