back
CTIZAN AD

टीका लगाउँदा कुन दिशातर्फ फर्किने ?

वि.सं.२०८२ असोज १६ बिहीवार

1.9K 

shares

काठमाडौं । हिन्दू धर्मावलम्बीको महान् चाड बडादसैं देशभर हर्षोल्लासका साथ मनाइँदैछ। विजयादशमीका दिन मान्यजनको हातबाट टीका–जमरा ग्रहण गर्ने परम्परा पुस्तौंदेखि चल्दै आएको छ। यस अवसरमा कुन दिशातर्फ फर्केर टीका लगाउने भन्ने प्रश्न धेरैलाई हुने गर्दछ।

धार्मिक परम्पराअनुसार, आशीर्वाद दिने ज्येष्ठ सदस्यले पश्चिमतर्फ फर्केर बस्ने गर्छन् भने आशीर्वाद लिने कनिष्ठ सदस्यले पूर्वतर्फ फर्केर टीका ग्रहण गर्ने प्रचलन छ। उदाउँदो सूर्य र ऊर्जा–शुभताको प्रतीक मानिने भएकाले पूर्व दिशा शुभ मानिएको हो।

धार्मिक ग्रन्थहरूमा पनि पूजापाठ तथा अन्य वैदिक कर्मकाण्डमा पूर्व वा उत्तर दिशा पवित्र मानिने उल्लेख पाइन्छ। यसैकारण, दसैंमा टीका लगाउँदा वा जमरा ग्रहण गर्दा पनि सोही परम्परा पालना गरिन्छ।

मन्त्रसहित टीका लगाउने विधि
दशैंको टीका–जमरा राख्दा प्रायः निम्न मन्त्र उच्चारण गरिन्छः

“श्रीरामचन्द्रस्य विजयस्तथा भवेत् ।”
(अर्थ : भगवान् रामचन्द्रजस्तै तपाईँको पनि विजय होस्।)

यसका साथै केही ठाउँमा –

“अयोध्यायां समुत्पन्नो रामचन्द्रस्य सेवितः ।
एजमरा मया दत्तो आयुष्मान भव सर्वदा ।।”

मन्त्र उच्चारण गरेर जमरा राख्ने परम्परा पनि रहँदै आएको छ।

सांस्कृतिक महत्व
दसैंको टीका–जमरा केवल धार्मिक विधि मात्र नभई परिवार र समाजलाई एकताबद्ध गर्ने माध्यम पनि हो। ज्येष्ठ–कनिष्ठबीचको सम्बन्ध अझ घनिष्ठ बनाउन र आशीर्वाद ग्रहण गर्ने अवसरका रूपमा टीका ग्रहणलाई लिइन्छ। यस अवसरमा आशीर्वादसहित दीर्घायु, समृद्धि र विजयको कामना गरिन्छ।

वि.सं.२०८२ असोज १६ बिहीवार ०७:१७ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...