back

सरायको रौनकसँगै दसैँ मेलामा काठेपिङ चढ्नेको घुइँचो

वि.सं.२०८२ असोज २१ मंगलवार

258 

shares

तम्घास । यहाँको कोतघरमा सरायको रौनकसँगै काठेपिङमा रमाउने सर्वसाधारणको घुइँचो लागेको छ । दशैँपछि कोतघरमा लाग्ने मेलामा विगतमा झैँ काठेपिङ राखिएका छन् । कात्तिक शुक्लपक्षमा भुइँ छोड्नुपर्छ भन्ने मान्यता गाउँघरमा छ । त्यही मान्यताले पनि यहाँ काठेपिङ खेल्नेको भीड लागेको हो ।

विशेषगरी घुम्ने लकडी राखिएको हुनाले कतिपयले यसलाई लकडी पिङ पनि भन्ने गर्छन् । तर गाउँघरमा प्रायः चर्खेपिङ वा काठेपिङले परिचित छ । मालिका गाउँपालिका–५ छापकी मनिषा महतराले भने, ‘दसैँमा एकपटक भुइँ छाड्नुपर्छ भन्छन्, त्यसैले म पनि पिङ खेल्नकै लागि यहाँ आएको हुँ । यो हाम्रो परम्परा हो ।’

काठेपिङमा एकपटकमा १२ जनासम्म चढ्न मिल्छ । दसैँमा काठेपिङ केबल मनोरञ्जन मात्र नभई आम्दानीको स्रोत पनि बनेको छ । पिङ सञ्चालकले आम्दानी लिँदै आएका छन् । मालिका गाउँपालिका–७ घमिरका हिराबहादुर कार्कीले यो वर्ष बुल्म, अर्खबाङ्ग, अर्जैलगायत स्थानमा पिङ सञ्चालन गरे । उनले प्रतिव्यक्ति ५० रुपैयाँका दरले शुल्क लिए ।

सोमबार मात्रै अर्जैमा ५०० बढीले पिङ चढे । सबै खर्च कटाउँदा एक सिजनमा दुई वटा पिङबाट तीन लाखसम्म आम्दानी गरेको उनले बताए। वडाध्यक्षसमेत रहनुभएका कार्कीले व्यावसायिक रूपमै पिङ सञ्चालन गर्दै आएका छन् । अर्जैको सरायमा मात्रै नौ वटा पिङ राखिएका छन् ।

यसक्षेत्रमा दसैँको एकादशीदेखि कोजाग्रत पूर्णिमा अर्थात् पाँच दिनसम्म विभिन्न स्थानमा मेलाकै रुपमा सराय नाच नाचिन्छ । सोही मेलालाई लक्षित गर्दै काठेपिङ सञ्चालन गरिएका हुन् । मालिका गाउँपालिका–६ का पूर्ववडाध्यक्ष शोभाखर गिरीले काठेपिङले गाउँको संस्कृति संरक्षणका साथै गाउँमा आन्तरिक पर्यटकसमेत प्रवद्र्धन भएको बताए।

वि.सं.२०८२ असोज २१ मंगलवार १४:५६ मा प्रकाशित

Himalayan Life AD
प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका...

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

काँक्रेविहार (सुर्खेत)। दैलेखको महाबु गाउँपालिका भएर बग्ने तारागाढ खोलामा रु...

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको...

आज शुक्रबार : तपाईंको राशिफल कस्तो छ ?

आज शुक्रबार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

पूर्वमन्त्री दिपक खड्काले बनाएको संरचनामा डोजर

पूर्वमन्त्री दिपक खड्काले बनाएको संरचनामा डोजर

काठमाडौं । काठमाडौं महानगरले नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा...

मानसिक स्वास्थ्य सेवा सुदृढ गर्ने उपाय

मानसिक स्वास्थ्य सेवा सुदृढ गर्ने उपाय

नेपालमा आधुनिक मानसिक स्वास्थ्य सेवाको इतिहास धेरै लामो छैन ।...