पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पोखरास्थित सरकारी निवासमा आगजनी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
कास्की प्रहरीले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका–४ का २२ वर्षीय संयोजक थापा रहेका छन्। उनलाई पोखराको राष्ट्रबैंक चोकबाट पक्राउ गरिएको हो।
गत असोज १२ गते जेनजी समूहको प्रदर्शनपछि मुख्यमन्त्री पाण्डेको निवासमा पुनः आगजनी भएको थियो। अनुसन्धानका क्रममा थापाले घटनामा संलग्न भएको प्रमाण भेटिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
थापाले आगजनीसँगै राष्ट्रबैंक चोक नजिकै रहेको एनआइएमबी बैंकको एटिएम मेसिनमा समेत तोडफोड गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
वि.सं.२०८२ असोज २१ मंगलवार १५:०१ मा प्रकाशित




























