back

चिनियाँ राष्ट्रपति सीसँगको भेटको कुनै कारण नदेखेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

वि.सं.२०८२ असोज २५ शनिवार

177 

shares
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङसँग यसै महिना हुने भनिएको शिखर वार्ता आवश्यक नभएको शुक्रबार बताउनुभएको छ।
“चीनमा केही अनौठा घटना भइरहेका छन् । तिनीहरू धेरै शत्रुतापूर्ण बन्दै गएका छन्,” आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन् ।
आधुनिक प्रविधिको एक महत्वपूर्ण घटक चीनले दुर्लभ खनिजहरूमा निर्यात नियन्त्रण गरिएको विरोधमा आफ्नो धारणा राखेसँगै ट्रम्पको यो भनाइ आएको हो ।  “मैले दुई हप्तापछि राष्ट्रपति सीलाई दक्षिण कोरियाको एपेकमा भेट्ने कार्यक्रम तय गरेको थिएँ, तर अहिले त्यसो गर्नुको कुनै कारण देखिँदैन”, वासिङ्टन नजिकैको सैनिक अस्पतालमा स्वास्थ्य परीक्षणका लागि जाँनुभन्दा अघि सम्प्रेषण गरेको सन्देशमा उनले भनेका छन् ।
ट्रम्पले लेखेका छन्, “चीनलाई विश्वलाई ‘बन्धक’ बनाउन दिनुको कुनै अर्थ छैन, तर केही समयदेखि उनीहरूको योजना यही रहेको देखिन्छ ।” छ महिना लामो राम्रो द्विपक्षीय सम्बन्धको रूपमा वर्णन गरे पनि बेइजिङ अमेरिकाबाट सकारात्मक सूचनाको ‘पर्खाइमा बसिरहेको छ’।
दुर्लभ खनिज तत्वहरू स्मार्टफोन र इलेक्ट्रिक वाहनहरूबाट सैन्य हार्डवेयर र नवीकरणीय ऊर्जा टेक्नोलोजीसम्म सबै उत्पादन गर्न महत्त्वपूर्ण छ। चीनले यी सामाग्रीको वैश्विक उत्पादन र प्रशोधनमा विशेष भूमिका खेल्दै आएको छ।
ट्रम्पले भने, “हामीले अहिले लागु गर्न खोजिरहेको एउटा नीति भनेको अमेरिका भित्रिने चिनियाँ सामानमा करमा भएको ठूलो वृद्धि हो ।” अन्य देशहरूले संयुक्त राज्य अमेरिकासँग सम्पर्क गरेको र कतैबाट बाहिर आएको भन्दै ट्रम्पले  भनेका छन्, ‘चीनको ठूलो व्यापार शत्रुता प्रति हामी नजरअन्दाज रहन सक्दैनौँ ।’
राष्ट्रपतिले यस विषयमा आफूले सीसँग कुनै कुरा नगरेको बताएका छन् । उनले चुम्बक र अन्य तत्वहरूमा एकाधिकारको स्थिति निर्माण गर्ने चीनको दृष्टिकोणलाई ‘एक भयावह र शत्रुतापूर्ण कदम’ भने ।
(रासस/एएफपी)

वि.सं.२०८२ असोज २५ शनिवार ०७:५७ मा प्रकाशित

Himalayan Life AD
ह्वाइट हाउसद्वारा नर्वेको नोबेल समितिको आलोचना

ह्वाइट हाउसद्वारा नर्वेको नोबेल समितिको आलोचना

वासिङ्टन ।  भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई शान्ति पुरस्कार...

इजरायली प्रधानमन्त्रीद्वारा गाजा युद्धविराम सम्झौताको प्रशंसा

इजरायली प्रधानमन्त्रीद्वारा गाजा युद्धविराम सम्झौताको प्रशंसा

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा युद्धविराम र बन्धक...

बङ्गलादेशका दुईदर्जन पूर्व उच्च सुरक्षा अधिकारीविरूद्ध पक्राउ पुर्जी जारी

बङ्गलादेशका दुईदर्जन पूर्व उच्च सुरक्षा अधिकारीविरूद्ध पक्राउ पुर्जी जारी

ढाका।   बङ्गलादेशको एक अदालतले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा नागरिकको...

यस वर्षको  नोवेल पुरस्कार जापान, अस्ट्रेलिया र अमेरिकाका तीन वैज्ञानिकलाइ प्रदान गरिने 

यस वर्षको  नोवेल पुरस्कार जापान, अस्ट्रेलिया र अमेरिकाका तीन वैज्ञानिकलाइ प्रदान गरिने 

स्टकहोम । यो वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जापान, अस्ट्रेलिया र...

ट्रम्पको नयाँ नीतिले अमेरिकी विश्वविद्यालयको भिसा दर घट्यो

ट्रम्पको नयाँ नीतिले अमेरिकी विश्वविद्यालयको भिसा दर घट्यो

वासिङ्टन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दवावबीच संयुक्त राज्य अमेरिकाले...

ट्रम्पको योजनाअनुसार इजरायलले गाजामा सैन्य कारबाही रोकिसक्नुपर्ने कतारको भनाइ

ट्रम्पको योजनाअनुसार इजरायलले गाजामा सैन्य कारबाही रोकिसक्नुपर्ने कतारको भनाइ

दोहा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजना अनुरुप इजरायलले...