back
CTIZAN AD

भीरकोट घोषणापत्र : स्याङ्जाको पत्रकारिता एकताको बाटोमा

वि.सं.२०८२ असोज २६ आइतवार

1.2K 

shares

स्याङ्जा । स्याङ्जाको पत्रकारितालाई एकता, उत्तरदायित्व र सशक्तिकरणको दिशातर्फ अघि बढाउने उद्देश्यले भीरकोटमा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
‘स्याङ्जाको पत्रकारिता : विगत, वर्तमान र भविष्यका सम्भावना तथा चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले नौ बुँदे ‘भीरकोट घोषणापत्र–२०८२’ जारी गरेका छन्।

अकला आवाज साप्ताहिक, स्मार्ट खबर र खबरकलम मिडियाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रतिनिधि, पत्रकार संगठन, सञ्चारगृहका सञ्चालक तथा जिल्लाका सक्रिय पत्रकारहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रममा स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान अवस्था र भविष्यका चुनौतीबारे गम्भीर समीक्षा गर्दै सहभागीहरूले बदलिँदो प्रविधि र परिस्थितिमा मिडियाको भूमिका अझ जिम्मेवार, निष्पक्ष र जवाफदेही बनाउनुपर्नेमा जोड दिए।

छलफलका क्रममा स्याङ्जाको समृद्धि, विकास र जनताको आवाजलाई सशक्तरूपमा प्रस्तुत गर्न सञ्चार क्षेत्रले अग्रणी भूमिका खेल्नुपर्ने निष्कर्ष निकालिएको थियो।

‘भीरकोट घोषणापत्र–२०८२’ का मुख्य बुँदाहर :

१. स्याङ्जाभरका पत्रकारबीच मैत्रीपूर्ण सहकार्य र सम्बन्ध सुदृढ पार्ने।
२. स्याङ्जाको पत्रकारिताको ऐतिहासिक दस्तावेज तयार गर्न एकजुट भएर काम अघि बढाउने।
३. पत्रकारको पेशागत सुरक्षा र आत्मसम्मान सुनिश्चित गर्न साझा प्रतिबद्धता जनाउने।
४. जनबोलीको प्रतिनिधित्व गर्दै सकारात्मक, नैतिक र सभ्य समाज निर्माणमा योगदान दिने।
५. सिद्धार्थ राजमार्ग स्तरोन्नतिको लागि सरोकारवाला निकायको तत्काल ध्यानाकर्षण गराउने।
६. स्याङ्जाको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा सञ्चार क्षेत्रको पहल र साझेदारी बढाउने।
७. सरकारी निकायहरूले प्रकाशित गर्ने सूचना, टेन्डर र विज्ञापन स्याङ्जाका सञ्चारगृहमै प्राथमिकताका साथ प्रकाशन गर्न माग गर्ने।
८. स्वदेश तथा विदेशमा रहेका स्याङ्जाली पत्रकारहरूलाई भावनात्मक रूपमा एकजुट गराउने।
९. नेपाल पत्रकार महासंघलाई अगुवा संस्थाका रूपमा लिएर स्याङ्जाको पत्रकारिता सशक्त र गतिशील बनाउने।

बोधार्थ :
नेपाल पत्रकार महासंघ, स्याङ्जा
जिल्ला प्रशासन कार्यालय, स्याङ्जा
नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश
स्याङ्जाका सबै स्थानीय तहहरू

 

वि.सं.२०८२ असोज २६ आइतवार ११:०१ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...