back
CTIZAN AD

आयातित प्रसाद रोक्न ‘रोट’ बनाइँदै

वि.सं.२०८२ असोज २६ आइतवार

951 

shares

ढोरपाटन (बागलुङ) । बागलुङ नगरपालिका–१ का डम्मरबहादुर मल्ल बिहान झिसमिसेमै कालिका मन्दिरको गेटमा पुग्छन्। त्यहीँ उहाँको सानो पसल र रोट (मन्दिरमा चढाइने प्रसाद) बनाउने अँगेनो छ। मन्दिरमा भक्तजन आउनुअघि नै उहाँ रोट बनाउन सुरु गर्नुहुन्छ।

मन्दिरमा आउने भक्तजन मल्लको अँगेनो छेउमै आएर तात्तातो रोट किन्छन् र मन्दिरमा चढाउँछन्। बिहानदेखि साँझसम्म उहाँ रोट बनाउने र बिक्री गर्ने कार्यमै व्यस्त रहनुहुन्छ। अहिले उहाँको दैनिकी यही काममा बित्ने गरेको छ।

मन्दिरमा आउने दर्शनार्थीले प्रसादका रूपमा आयातित तयारी मिठाई र नरिवल चढाउने चलन बढेपछि मल्लले मन्दिर गेटमै पसल स्थापना गरी रोट बनाउन सुरु गर्नुभएको हो। अहिले उहाँले बनाएको रोट बागलुङको ब्रान्ड बनेको छ।

कालिका मन्दिरमा आउने दर्शनार्थीले मल्लको रोट बनाउने तरिका हेर्छन्, कतिले किन्छन्, कतिले मुख मिठ्याउँछन्। भगवान्लाई चढाउने यो रोट अहिले म्याग्दी, पर्वत र मुस्ताङका अन्य मन्दिरहरूमा पनि लैजाने गरिएको छ।

मल्लले आयातित प्रसाद रोक्नका लागि छ वर्षअघि रोट बनाउन थालेका हुन्। उहाँका अनुसार, बागलुङ कालिकामा दुई दशकअघिसम्म रोट चढाइन्थ्यो तर पछिल्लो समय मिठाई र नरिवलले त्यसको स्थान लिएको थियो। अहिले भने फेरि रोट चढाउने परम्परा फर्किएको छ।

पहिले दर्शनार्थीहरूले घरबाटै तयारी रोट लिएर मन्दिर चढाउँथे, अहिले भने धेरैले मल्लकै पसलबाट किन्न थालेका छन्। बागलुङमा रोट बनाउने एकमात्र व्यवसायी मल्लका अनुसार, “भगवान्लाई स्थानीय उत्पादन नै चढाउनुपर्छ” भन्ने सोचले उहाँ यो पेशामा लागेको हो।

“पहिले हरेक नागरिक मन्दिर आउँदा रोट ल्याउँथे,” उहाँले सम्झनुभयो, “त्यो परम्परा हराउँदै गएको थियो, अहिले फेरि फर्काउनुपर्ने सोचले यो काम सुरु गरेको हुँ।” उहाँका अनुसार रोटलाई कालिका मन्दिरमा शुद्ध प्रसादका रूपमा लिइने भएकाले पछिल्लो समय धेरैले रोट चढाउन थालेका छन्।

“कालिकामा रोट चढाउने पुरानो मौलिक परम्परा हो,” उहाँले थप्नुभयो, “तर पछिल्लो समय बाहिरका प्रसादका कारण त्यसको महत्व घटेको थियो। अहिले फेरि धेरैले रोट चढाउनुपर्छ भन्ने सोच राख्न थालेका छन्। हामी बनाउने रोट शुद्ध हुन्छ, मिसावट हुँदैन। भक्तजनका अगाडि नै रोट बनाउँछौं, त्यसैले धेरैको विश्वास बढ्दै गएको छ।”

मल्लका अनुसार सुरुमा व्यवसाय स्थापनामा कठिनाइ थियो। बिक्री निकै कम हुन्थ्यो। तर अहिले व्यवसाय फस्टाएको छ। मन्दिरमा हजारौँ भक्तजन आउने भए पनि सीमितले मात्रै रोट चढाउने गरेको बताउँदै उहाँले भने, “म भने सन्तुष्ट छु, किनकि मैले परम्परा पुनर्जीवित गरेको छु।”

दशैं अवधिमा मात्रै रु दुई लाख बराबरको रोट बिक्री भएको उहाँले जानकारी दिनुभयो। दैनिक ५० देखि १०० वटा रोट बिक्री हुने गरेको छ।
चामलको पीठोमा चिनी, नरिवल, बदाम, काजु मिसाएर घ्यूमा रोट पकाउने गरिन्छ। प्रतिगोटा रोट रु चार सय मा बिक्री हुने र वार्षिक करिब सात लाख रुपैयाँ बराबरको रोट बिक्री हुने मल्लले बताए।

“रोट बिक्री गरेर भगवान्को सेवा गर्छु, यहीबाट मेरो परिवार पनि चलिरहेको छ,” उहाँले भन्नुभयो।

पछिल्लो समय कालिका मन्दिरमा बर्सेनि ५० लाख रुपैयाँभन्दा बढीको नरिवल बिक्री हुने गरेको छ। तर पछिल्लो पुस्ताले बिर्सिएको रोट चढाउने परम्परा अहिले पुनः प्रचलनमा फर्किंदै छ। मन्दिर आउने बुढापाकाहरू रोट खोज्दै चढाउने गरेका छन्।

 

वि.सं.२०८२ असोज २६ आइतवार ११:१० मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...