back
CTIZAN AD

तिहारका लागि मादल बनाउन भ्याइनभ्याइ

वि.सं.२०८२ असोज २८ मंगलवार

642 

shares

कञ्चनपुर । तिहार नजिकिँएसँगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ का रेशम वादी मादल बनाउने काममा व्यस्त छन् । अन्य समयमा घरेलु जुत्ता उद्योग सञ्चालन गरेर जीविकोपार्जन गर्ने उनी दसैँ र तिहारको समयमा मादल बनाउँछन् ।

नेपाली सांस्कृतिक चाडपर्वमा विशेष स्थान ओगटेको मादल देउसीभैलो, नाचगान र सांस्कृतिक कार्यक्रमको प्रमुख बाजा भएकाले तिहार नजिकिँदा मादलको माग बढेको उनी बताउछन् । “दसैँ र तिहारको समयमा मादल बनाउने माग बढी आउने गरेको छ, विशेषगरी तिहारको समयमा मादल बिक्री हुन्छ,” उनले भने, “तिहारका मागअनुसार मादल पु¥याउन पनि सकिँदैन ।” तिहारमा मादल बिक्रीबाट रु ४० हजारसम्म आम्दानी हुने उनी बताए ।

केही वर्षअघिसम्म तीजमा पनि मादलको माग बढी आउने गरेको भए पनि पछिल्लो समय आधुनिक प्रविधिको बढ्दो प्रयोगले तीजमा मादल बिक्री हुन छोडेको उनी बताउछन् । “दुई–तीन वर्षअघिसम्म तीजमा मादलको माग उच्च थियो, अहिले तिहारमा मात्रै खोजी हुन्छ,” उनले भने, “मादल बनाएको सानो र ठूलोको दुई हजारदेखि १२ हजारसम्म बिक्री हुन्छ ।”

कच्चा पदार्थ नपाउँदा समस्या

वाद्यवादनका सामग्री बनाउनु वादी समुदायको पुख्र्यौली पेसा हो । पछिल्लो समय वाद्यवादनका सामग्री बनाउन कच्चापदार्थ नपाउँदा पेसा सङ्कटमा परेको उनी बताउछन् । “बाजेबुबाले वाद्यवादनका सामग्री बनाएर जीविकोपार्जन गर्नुभयो, अहिले कच्चापदार्थ रूपमा आवश्यक पर्ने छाला र काठ (खमारी) नपाउँदा समस्या हुन्छ,” उनले भने ।

मादलमा बाख्राको छालाको प्रयोग हुने उनी बताउछन् । भारतीय छिमेकी सहरमा छाला पाइने भए पनि नाकामा सुरक्षाकर्मीले ल्याउन रोक लगाउने गरेकोले समस्या हुने उनी बताउछन् । छाला र खमारी सहज रूपमा नपाइने भएकाले नयाँ मादल बनाउनेभन्दा मादल मर्मतका लागि आउने सेवाग्राही बढी हुने उनी बताउछन् ।

भारतीय बजारमा एउटा छालाको रु एक हजारसम्ममा खरिद गर्न पाइन्छ । “यहाँ छालाका लागि हामीले बाख्रा किन्नुपर्छ, त्यो अत्यन्त महँगो हुन्छ, छाला मात्रै पाउँदैन,” उनले भने, “भारतीय सहरमा पाइन्छ, सीमानाकामा ल्याउन पाइँदैन ।”

वादी समुदायको मुख्य पेसा मादल, ढोलक र दामाहा बनाएर बिक्रीवितरण गर्नु हो । विभिन्न पर्वमा नाचगान गरेर जीविकोपार्जन गर्ने यो समुदायले बढ्दो आधुनिकतासँगै पुख्र्यौली पेसा सङ्कटमा परेको उनी बताउछन् ।

 

वि.सं.२०८२ असोज २८ मंगलवार १४:५४ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

राष्ट्र बैंक ऐनमा डिजिटल करेन्सी समेटिँदै, क्रिप्टोले पाएन स्थान

राष्ट्र बैंक ऐनमा डिजिटल करेन्सी समेटिँदै, क्रिप्टोले पाएन स्थान

काठमाडौँ । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ संशोधन विधेयकमा ‘डिजिटल...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...