back
CTIZAN AD

प्रदेश अस्पतालमा चाप बढ्यो, बिरामीलाई भुइँमै उपचार

वि.सं.२०८२ असोज २९ बुधवार

999 

shares

पर्वत । जाडो याम सुरु हुन थालेसँगै पछिल्ला केही दिनयता प्रदेश अस्पतालमा बिरामीको सङ्ख्या उल्लेख्य मात्रामा बढेको छ। बिरामीको चाप बढ्दै गएपछि अस्पतालमा शय्या अभाव भएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बाँस्तोलाले बिरामीलाई आकस्मिक कक्षमै र कतिपय अवस्थामा भुइँमा राखेर उपचार गर्नुपर्ने अवस्था आएको बताए। उपचारका लागि आउने अधिकांश बिरामी भर्ना गर्नुपर्ने खालका हुने जानकारी पनि उनले दिए।

पछिल्ला केही दिनयता जनरल वार्डका शय्या भरिएपछि भर्ना गर्नुपर्ने बिरामीलाई समेत आकस्मिक उपचारका लागि छुट्याइएका शय्यामा राखिएको उनले बताए। उनका अनुसार दैनिक तीन सय पचास जनाभन्दा बढी बिरामी ओपिडी र इमर्जेन्सी कक्षमा उपचार लिने गरेका छन्। उनले एकै दिनमा तीन सय छयानब्बे जनासम्मको उपचार भएको जानकारी दिए।

पन्ध्र शय्याको अनुमतिप्राप्त प्रदेश अस्पतालमा अहिले चौसठ्ठी शय्या सञ्चालन गरेर सेवा दिइँदै आएको उनले बताए। उनका अनुसार अस्पतालमा कम जनशक्ति भए पनि बिहान सात बजेदेखि साँझ सात बजेसम्म बहिरङ्ग सेवा सञ्चालन भइरहेको छ।

डा. बाँस्तोलाले भने, “भर्ना गरेर राख्नेगरी ओपिडीका सबै शय्या भरिएका छन्। गर्मी सकिएर चिसो सुरु भइसकेको छ, यो समयमा बिरामीको सङ्ख्या हरेक वर्ष बढ्छ।”

बहिरङ्ग विभागका बिरामीले नै आकस्मिक उपचारका शय्या भरिएपछि आकस्मिक बिरामी आएको अवस्थामा शय्या अभाव हुने गरेको उनले बताए। त्यस्तो अवस्थामा आकस्मिक कक्षमा रहेका बिरामीलाई भुइँमै राखेर भए पनि सेवा दिनुपर्ने बाध्यता रहेको उनले उल्लेख गरे।

डा. एनिस श्रेष्ठले सिजनल फ्लुका कारण एकै दिनमा १८ जना बालबालिका भर्ना गरेर उपचार गरिएको बताए। उनका अनुसार ती बालबालिकामा ज्वरो, रुघाखोकी र बान्ता जस्ता समस्या देखिएका छन्। त्यस्तै, ज्येष्ठ नागरिकमा दम र श्वासप्रश्वासको समस्या बढेको उनले जानकारी दिए।

उनका अनुसार अस्पतालको आकस्मिक कक्षमा दैनिक करिब ४० जनाले सेवा लिने गरेका छन्। तीमध्ये अधिकांश ज्वरो, दम, झाडापखाला, बान्ता र सवारी दुर्घटनाका घाइते हुने गरेको उनले बताए।

 

वि.सं.२०८२ असोज २९ बुधवार १३:३३ मा प्रकाशित

जापानिज इन्सेफलाइटिस के हो र सुरक्षित कसरी हुने ?

जापानिज इन्सेफलाइटिस के हो र सुरक्षित कसरी हुने ?

पछिल्ला दिनहरुमा नेपालमा लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस रोगको संक्रमण...

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

काठमाडाैँ ।  पशुपतिनाथ मन्दिर परिसरस्थित मृगस्थलीमा योग, ध्यान तथा साउन्ड...

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हालै दर्ता भएको विशाल...

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम, कसरी जोगिने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम, कसरी जोगिने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...