back
CTIZAN AD

सयपत्री फूल बिक्री भएपछिको खुशी

वि.सं.२०८२ कात्तिक ४ मंगलवार

1.8K 

shares

दमौली । म्याग्दे गाउँपालिका–४ छिम्लेश्वारामा सोमबार सयपत्री फूल बिक्री भएपछि हाम्रो साथीहरू खुशी भए।

उनीहरूले चण्डेश्वरी फलफूल तथा तरकारी समूहको नाममा फूल पोखराको व्यापारीलाई प्रतिकिलो रु तीन सयमा बेचे। महेन्द्रराज रानाले भने, “हामीले दुई ठाउँमा गरी छ रोपनी जमिनमा पहिलो वर्ष फूल लगाएका थियौँ। एक ठाउँबाट १६८ र अर्को ठाउँबाट ३६८ किलो फूल बिक्री भयो।”

पहिलो वर्षमा नै फूल बिक्री भएपछि उनीहरू धेरै खुशी भएका रहेछन्। उनले भने, “फूलको माग अझै धेरै छ तर हामीसँग सकिसकेको छ। सबै फूल बिक्री हुँदा हाम्रो चिन्ता हट्यो।”

समूहकी अध्यक्ष जितमाया रानाले भने, “पहिले बजार नपाएर फूल लगाउँदा चिन्ता लाग्थ्यो, तर अहिले बजार पाउँदा मन प्रफुल्लित भयो। आगामी वर्ष फूल लगाउने जमिन अझ बढाउने योजना बनाएको छ।”

उनका अनुसार छ रोपनी जमिनमा भाडामा लिएर छ हजारभन्दा बढी बेर्ना रोपिएको थियो। यसअघि उनीहरूले काक्रा, घिरौला, बोडी, मास, करेला, खुर्सानीखेती गर्थे भने यस वर्ष नयाँ रूपमा सयपत्री फूलखेती सुरु गरेका छन्।

वि.सं.२०८२ कात्तिक ४ मंगलवार १७:४३ मा प्रकाशित

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

एनभीएलको ब्रोडकास्टिङ अधिकार कान्तिपुरलाई, देशभर प्रत्यक्ष हेर्न पाइने

एनभीएलको ब्रोडकास्टिङ अधिकार कान्तिपुरलाई, देशभर प्रत्यक्ष हेर्न पाइने

काठमाडौं। केडिया ग्रुपको आयोजनामा नेपालमै पहिलोपटक सञ्चालन हुन लागेको पुरुष...

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

काठमाडौँ | एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म Veel ले आज नेपाल...

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

काठमाडाैँ । २१३ औँ भानुजयन्तिको अवसरमा काठमाडौं वल्ड स्कुल ,गुण्डु...

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौँ । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६...