back
CTIZAN AD

लघुकथा : काउसो

वि.सं.२०८२ कात्तिक १५ शनिवार

2.1K 

shares

मनीषकुमार शर्मा ‘समित’, भक्तपुर

संसद भवनको अगाडि ठूलो तयारी, रातो कार्पेट, ठूलो ब्यानर र ब्यानरमा लेखिएको थियो-
“विशेष पाहुनाको स्वागतमा – नयाँ युगको सुरुवात !”
पत्रकार, मन्त्री, सभासद् सबै ठाँटिएको पहिरनमा उत्सुकतामा प्रतीक्षा । चिल्लो कालो गाडीबाट उत्रियो सानो पाहुना । आकार सानो, तर चमक र चिप्लोपन नेता जस्तै ।
पत्रकारले माइक अगाडि बढायो –

“तपाईंको परिचय ?”

ऊ मुस्कुरायो –“दिनै पर्छ र? परिचित छैन र ? ”

“संसदमा किन ?” पत्रकारको पुन प्रश्न ।

ओठमा कुटिल मुस्कान ल्यायो –

“यहाँका सबै सदस्यहरूसँग परिचित छु । अनेकौं रुपमा छु तर प्रत्येकको शरीरमा टाँसिएको छु । निकाल्न खोजे उत्पात मचाउँछु, त्यसैले सबैले आफ्नो देहमा रहन दिएका छन् ।”

मन्त्री, सभामुख लगाएतका संसदहरूले स्विाकरोक्तिमा समर्थन जनाए-

“हो, हामीले त उहाँ बिना राजनीति गर्नै सक्दैनौ !”

सबैले ताली बजाए । उसले हात हल्लायो र कुर्सीमा बस्यो । संसदहरूले सर्वसहमतमा उसलाई स्थायी सदस्य घोषित गरे र एकाएक संसद भवन गुञ्जयमान भयो –
“जय काउसोतन्त्र !”

वि.सं.२०८२ कात्तिक १५ शनिवार ०५:४७ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...