back

लघुकथा : काउसो

वि.सं.२०८२ कात्तिक १५ शनिवार

762 

shares

मनीषकुमार शर्मा ‘समित’, भक्तपुर

संसद भवनको अगाडि ठूलो तयारी, रातो कार्पेट, ठूलो ब्यानर र ब्यानरमा लेखिएको थियो-
“विशेष पाहुनाको स्वागतमा – नयाँ युगको सुरुवात !”
पत्रकार, मन्त्री, सभासद् सबै ठाँटिएको पहिरनमा उत्सुकतामा प्रतीक्षा । चिल्लो कालो गाडीबाट उत्रियो सानो पाहुना । आकार सानो, तर चमक र चिप्लोपन नेता जस्तै ।
पत्रकारले माइक अगाडि बढायो –

“तपाईंको परिचय ?”

ऊ मुस्कुरायो –“दिनै पर्छ र? परिचित छैन र ? ”

“संसदमा किन ?” पत्रकारको पुन प्रश्न ।

ओठमा कुटिल मुस्कान ल्यायो –

“यहाँका सबै सदस्यहरूसँग परिचित छु । अनेकौं रुपमा छु तर प्रत्येकको शरीरमा टाँसिएको छु । निकाल्न खोजे उत्पात मचाउँछु, त्यसैले सबैले आफ्नो देहमा रहन दिएका छन् ।”

मन्त्री, सभामुख लगाएतका संसदहरूले स्विाकरोक्तिमा समर्थन जनाए-

“हो, हामीले त उहाँ बिना राजनीति गर्नै सक्दैनौ !”

सबैले ताली बजाए । उसले हात हल्लायो र कुर्सीमा बस्यो । संसदहरूले सर्वसहमतमा उसलाई स्थायी सदस्य घोषित गरे र एकाएक संसद भवन गुञ्जयमान भयो –
“जय काउसोतन्त्र !”

वि.सं.२०८२ कात्तिक १५ शनिवार ०५:४७ मा प्रकाशित

Himalayan Life AD
झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही -१८, दाङ १. पार्टीविहीन बनाउँ सरकार भन्छन्...

रागविराग

रागविराग

घनश्याम पौडेल, पोखरा मान्छे भयो अति धेरै बेइमानी गल्तीहरू गर्छ...

कविता : शरीरको गुनासो

कविता : शरीरको गुनासो

कल्पना अधिकारी, काठमाडौँ यो ज्यानले भन्छ भयो नलेख् भो। नानथरीका...

चारु

चारु

पशपती राई, हलेशी तुवाचुङ – ५, खोटाङ मेरो गोरूको बाह्रै...

गजल

गजल

उत्तम विचार,टोखा, काठमाडौँ निभेका कथा छन् बलेका कथा छन् कयौँ...

गजल

गजल

कलानिधि दाहाल रातोपुल, काठमाडौँ भन्थे सबै दयालु देख्थेँ म ऊ...