back
CTIZAN AD

सुसेली

वि.सं.२०८२ कात्तिक १५ शनिवार

1.1K 

shares

सुचिता काफ्ले, सुकेधारा, काठमाडौँ

१.
कति राम्रो हो
नेपाली हुँ भन्नुमा
भाग्य हाम्रो हो ।

२.
मन चङ्गा हो
मर्दा जाने सबैले
उही गङ्गा हो ।

३.
आहा लरिलै
मन भित्रै सम्झना
रहोस् बरिलै ।

४.
के छ लेखेको ?
भाग्य र कर्मलाई
छैन देखेको ।

५.
मान्दै मान्दिन
बैमानी गर्नलाई
जान्दै जान्दिन ।

६.
घर आँगन
हुनु पर्छ एकता
सबै जागन ।

७.
हुन्न फूटेर
राम्रो काम गर्नुछ
सबै जुटेर ।

८.
चल्ती आको छ
झुक्याउने प्रबृति
अति भाको छ ।

९.
सत्य बोलेर
गाउँछु म सुसेली
दिल खोलेर ।

१०.
माया गाँसेर
दुईदिने चोला यो
बाँचौं हाँसेर ।

वि.सं.२०८२ कात्तिक १५ शनिवार ०५:४९ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...