back
CTIZAN AD

झिल्का कविताहरू

वि.सं.२०८२ कात्तिक १५ शनिवार

1.1K 

shares

राम बहादुर कटुवाल
बुढीगंगा न पा ७, बाजुरा

१.
आशा सबै सकियो
ठिक विपरीत गर्दा
दोधारमै पो परियो ।

२.
बानी तिम्रो फेरिएन
जिद्दी गर्छौ बालकझैँ
परिपक्व यौवन देखिएन ।

३.
तिमी झर्को नमान
सधैँ राम्रो गरे
पाइने हो सम्मान ।

४.
खेलमा सीमा तोकिन्छ
नियम विपरीत भए
कालान्तरसम्म पनि रोकिन्छ ।

५.
रेफ्री तिम्रो अचेत
नियम पूरा पढाऊ
अनि बन्छ सचेत ।

६.
चारो खान पल्केका
झुलुक्क झुलुक्क चियाउँदै
एकान्तमा आई सल्केका ।

७.
युगले स्वतन्त्रता खोज्छ
चुँडेर भाँचेर साङ्लाहरू
विभेदले दमन रोज्छ ।

८.
आशामाथि निराशा बढ्दै
धरोहर भत्किने छ
जटिलताका खाल्डो चढ्दै ।

९.
भोकाको आवाज सुन्ने
मगज सफा गरी
अनि हुन्छौ गुन्ने ।

१०.
प्रसव पीडा कस्तो
भोग्नेलाई थाहा हुन्छ
केही नबुझे जस्तो ।

वि.सं.२०८२ कात्तिक १५ शनिवार ०७:१७ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...