back
CTIZAN AD

जनसेवा युवा क्लबलाई एक लाखसहित उपाधि

वि.सं.२०८२ कात्तिक १७ सोमवार

555 

shares

जुम्ला । चन्दननाथ नगरपालिकाको आयोजनामा सम्पन्न जिल्लास्तरीय फुटबल प्रतियोगितामा विजयी हुने जनसेवा युवा क्लबलाई रु एक लाखसहित उपाधि प्रदान गरिएको छ ।

जुम्ला सदरमुकाम खलङ्गामा सम्पन्न सो प्रतियोगितामा आयोजक टोली चन्दननाथ–३ भने दोस्रो भई ५० हजार जित्न सफल भएको छ । जिल्लाका ४४ टिमले भाग लिएको सो खुला फुटबल प्रतियोगितामा पहिलो हुने जनसेवा युवा क्लबले आयोजक टोलीलाई टाइब्रेकरमार्फत एक गोलले पछि पारेको थियो ।

कार्यक्रम समापनपछि चन्दननाथ–३ का वडाध्यक्ष रतन खत्रीले खेलकुदमार्फत युवासहित समग्र खेलप्रेमीबीच आपसी सम्बन्ध विस्तार, सद्भाव र एकताको वातावरण सिर्जना गर्न जिल्लास्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको बताए ।

यसैगरी नगरप्रमुख राजुसिंह कठायतले युवाहरूको भावना र चाहनाबमोजिम खेल क्षेत्रको विकास एवं विस्तारका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्दै जिल्लास्तरीय प्रतियोगितामा सहभागी सबैलाई धन्यवाद दिए । रासस

 

वि.सं.२०८२ कात्तिक १७ सोमवार १४:५२ मा प्रकाशित

बागमती प्रदेशमा ८ मन्त्रालय मात्रै रहने

बागमती प्रदेशमा ८ मन्त्रालय मात्रै रहने

हेटौंडा । बागमती प्रदेश सरकारमा आज अर्थात् १ साउन २०८३...

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

एनभीएलको ब्रोडकास्टिङ अधिकार कान्तिपुरलाई, देशभर प्रत्यक्ष हेर्न पाइने

एनभीएलको ब्रोडकास्टिङ अधिकार कान्तिपुरलाई, देशभर प्रत्यक्ष हेर्न पाइने

काठमाडौं। केडिया ग्रुपको आयोजनामा नेपालमै पहिलोपटक सञ्चालन हुन लागेको पुरुष...

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

काठमाडौँ | एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म Veel ले आज नेपाल...

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

काठमाडाैँ । २१३ औँ भानुजयन्तिको अवसरमा काठमाडौं वल्ड स्कुल ,गुण्डु...