back

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा विशेष भेला आयोजना

वि.सं.२०८२ कात्तिक १८ मंगलवार

789 

shares
काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधर नेताहरूले आज काठमाडौँमा छुट्टै भेला आयोजना गरेका छन् ।
पार्टीभित्र लामो समयदेखि देखिएको असन्तुष्टि, सङ्गठनात्मक निर्णयमा ढिलाइ र १५औँ महाधिवेशनको विषयमा ठोस निर्णय नआएकाले असन्तुष्ट समूहले नयाँबानेश्वरस्थित थापागाउँमा विशेष भेला आयोजना गरेका हुन् ।
भेलामा विशेष महाधिवेशनका पहलकर्तासहित देशभरका महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्य, प्रदेशस्तरका नेताहरू, क्षेत्रीय प्रतिनिधि तथा असन्तुष्ट कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको छ ।
भेलामा नेपाली कांग्रेसका नेता देवराज चालिसेले पार्टी नेतृत्वले लामो समयदेखि सङ्गठनका महत्वपूर्ण निर्णयहरूमा ध्यान नदिएको आरोप लगाउँदै कांग्रेसको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन विशेष महाधिवेशन अपरिहार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेसको ऐतिहासिक भूमिकालाई सशक्त बनाउन र पार्टीभित्रको असन्तुष्टिलाई समाधान गर्न अब विशेष महाधिवेशनबाहेक अर्को विकल्प छैन ।”
चालिसेका अनुसार केन्द्रीय कार्यसमितिले पछिल्लो बैठकबाट १५औँ महाधिवेशनबारे कुनै ठोस निर्णय गर्न नसकेपछि, विशेष महाधिवेशनको माग गर्दै असोज २९ गते देशभरका दुई हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर सङ्कलन गरी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएको थियो ।
सो मागपत्रमा पार्टीको वैचारिक दिशानिर्देश, सङ्गठन पुनर्गठन, आन्तरिक लोकतन्त्र र नेतृत्वको जवाफदेहिताको प्रश्न उठाइएको छ । आजको विशेष भेलामा कांग्रेसका नेता गुरुराज घिमिरे, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, पूर्वसांसद जगदीशनरसिंह केसीलगायतका नेताहरूले पार्टीभित्रको सुधार र सङ्गठन सुदृढीकरणका लागि तत्काल विशेष महाधिवेशन आह्वान गर्न माग गरेका छन् ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी र प्रतिमा गौतमलगायतको सहभागिता रहेको थियो ।
भेलाका वक्ताहरूले हालको पार्टी नेतृत्वले सङ्गठनभित्र देखिएका असन्तुष्टि, गुटबन्दी र निर्णय प्रक्रियामा पारदर्शिताको कमीलाई सम्बोधन गर्न नसकेको आरोप लगाउँदै पार्टीलाई पुनर्जीवित गर्न सबै कार्यकर्तालाई एकजुट हुन आह्वानसमेत गरेका छन् । यसैबीच आजै ललितपुरको सानेपामा कांग्रेसको केन्द्रीय समिति बैठक पनि बसिरहेको छ ।

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १६:३९ मा प्रकाशित

Himalayan Life AD
निषेधित क्षेत्रमा विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न टानको माग

निषेधित क्षेत्रमा विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न टानको माग

काठमाडौँ । पर्वतीय पदयात्रा व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज् एसोसिएसन...

राष्ट्रिय बालअधिकार आयोग स्थापनाको माग

राष्ट्रिय बालअधिकार आयोग स्थापनाको माग

काठमाडौँ । बालअधिकारका जानकारहरूले बालबालिकाको अधिकार संरक्षण तथा नियमनलाई प्रभावकारी...

बञ्चरेडाँडामा फोहोर फाल्न फेरि अवरोध

बञ्चरेडाँडामा फोहोर फाल्न फेरि अवरोध

नुवाकोट । बञ्चरेडाँडामा आजदेखि स्थानीयले फोहोर विसर्जनमा पुनः अवरोध गरेका...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट...

एनपिएलः काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्दै

एनपिएलः काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज सुदूरपश्चिम...

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...