back
CTIZAN AD

प्रहरीलाई झुक्याउने प्रयास गरेका निकोलस पक्राउ

वि.सं.२०८२ कात्तिक १८ मंगलवार

1.3K 

shares

काठमाडौं । फरार रहेका डा. निकोलस भुसाल प्रहरीले खोजिरहेका बेला सामाजिक सञ्जालमार्फत आफू काठमाडौंको मृगस्थलीमा रहेको बताउँदै लाइभ गरेका थिए। तर प्रहरीको प्राविधिक ट्र्याकिङले उनको वास्तविक ठेगाना गोरखाको सरस्वती आश्रममा फेला पारेपछि उनलाई पक्राउ गरिएको छ।

तीन दिनदेखि हराइरहेका भुसालले मंगलबार करिब ४५ मिनेट लामो फेसबुक लाइभमा रुद्राक्षको माला जप्दै, भगवानका तस्बिरसहितको हल देखाएका थिए। उनले भिडियोमा भनेका थिए, “म मृगस्थलीबाट बोल्दैछु।” त्यसपछि काठमाडौं प्रहरीले तत्काल खोजतलास थालेको थियो।

तर साइबर टोलीले भिडियोको IP एड्रेस, मोबाइल टावर संकेत र दृश्य विश्लेषण गरेर पत्ता लगायो— उनले लाइभ गोरखाबाट गरेका रहेछन्। सो जानकारी पाएपछि गोरखा प्रहरीसँग समन्वय गरी रातारात टोली पठाइएको थियो।

प्रहरीका अनुसार भुसाल गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमको सन्त निवास हलमा सुतिरहेको अवस्थामा फेला परे। प्रहरीले उनलाई बिहानै नियन्त्रणमा लिएको हो।

यसअघि उनले एक पत्रकार सम्मेलनमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका थिए। त्यसपछि उनले सामाजिक सञ्जालमा अन्य शीर्ष पदाधिकारीबारे समेत धम्कीपूर्ण टिप्पणी गरेका थिए।

प्रहरीका अनुसार डा. भुसाललाई थप अनुसन्धानका लागि आजै काठमाडौं ल्याइँदैछ।

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १७:१५ मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...