back
CTIZAN AD

नेप्से परिसूचकमा २७ अङ्कको गिरावट

वि.सं.२०८२ कात्तिक १८ मंगलवार

957 

shares
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक २७ दशमलव ६४ अङ्कले घटेर दुई हजार ५९५ दशमलव २४ को विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक एक दशमलव ०५ प्रतिशतले घटेको हो ।
आज ३२२ कम्पनीको एक करोड तीन लाख ४३ हजार ८९८ कित्ता शेयर ४६ हजार ८७५ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब १५ करोड सात लाख ६८ हजार ९३८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव ६६, विकास बैङ्क एक दशमलव ४७, वित्त दुई दशमलव २१, होटल तथा पर्यटन शून्य दशमलव ९३, जलविद्युत् एक दशमलव २१ र लगानी समूह शून्य दशमलव ८७ प्रतिशतले घटेको छ ।
त्यसैगरी जीवन बीमा एक दशमलव ४४, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९१, लघुवित्त शून्य दशमलव ७५, म्युचुअल फन्ड शून्य दशमलव ३१, निर्जीवन बीमा एक दशमलव २१, व्यापार शून्य दशमलव ११ र अन्य समूह एक दशमलव ८१ प्रतिशतले घटेको छ ।
एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आज सबैभन्दा धेरै रु २७ करोड ९८ हजार ५७२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको छ लाख ९९९ कित्ता शेयर किनबेच भएको छ ।

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १६:३३ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...