अनुराग अरुण,लुभु, ललितपुर
तिमी के बातले प्यारी भयौ मजबुर
भएकी छौ शिलाजस्तै तिमी निष्ठुर
भरोसा छैन साथी हुन्छ के छिनमा
रमाऊ मस्तले मज्जा लिई भरपुर
तिमीलाई नदेख्दा एक छिन दिलमा
असाध्यै हुन्छ प्यारी भेट्न मन आतुर
तिमी हौ जिन्दगी मेरो तिमी मनमित
मलाई दुःख या सुख छन् दुवै मन्जुर
मनोहर रूपको कसरी गरूँ तारिफ
तिमी छ्यौ अप्सराझैँ म परेँ लङ्गुर
बहर : हजज मुसद्दस सालिम
अर्कान : मुफाईलुन् , मुफाईलुन् , मुफाईलुन्
वजनः १२२२ – १२२२–१२२२
काफिया : उर
रदिफ : ०
अभ्यास : स्वर्ण पाठशाला
वि.सं.२०८२ कात्तिक २२ शनिवार ११:०९ मा प्रकाशित






























