back
CTIZAN AD

गजल

वि.सं.२०८२ कात्तिक २२ शनिवार

870 

shares

एक नारायण चापागाईं, दाङ

जहाँ छन् दैत्यझैँ मान्छे त्यहाँ अपराध गाढा छ
त्यही बिच धर्ममा लाग्ने कुनै मान्छे त सच्चा छ

शरणमा पर्छु हे माता छु अज्ञानी यहाँ धेरै
म तिम्रै द्वारमा आएँ लगाऊ पार आशा छ

नदी भागीरथी भन्दै गरेँ पूजा सदा तिम्रो
तिमी निर्मल सुधा जल हौ रहेको मेट्नु तिर्खा छ

लगाऊँ ध्यान कसरी खै सदा भगवान् यहाँ तिम्रो
हुँदा चञ्चल यही मनमा विजयको लक्ष्य आधा छ

खुसी पलमै हरायो भन्दछन् जीवनको हे माता
बताऊ मार्ग कुन हो मोक्षको सबलाई पीडा छ

बहर : हजज मुसम्मन सालिम
अर्कान : मुफाईलुन् , मुफाईलुन् , मुफाईलुन् , मुफाईलुन् ,
वजन : १२२२ – १२२२ – १२२२ – १२२२
काफिया : आ ( एकाक्षरी )
रदिफ :छ
अभ्यास : परिश्रमी पाठशाला

वि.सं.२०८२ कात्तिक २२ शनिवार ११:१० मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...