back
CTIZAN AD

कविता : खोल्ने भएछन् दल

वि.सं.२०८२ कात्तिक २२ शनिवार

1.1K 

shares

घनश्याम पौडेल, पोखरा, कास्की

राम्रा मानिस सर्दछन् पर अझै पर्ला कि मैलो भनी
मान्छे बिग्रिन थाल्छ खत्तम बनी छोड्दैन थैलो पनि।
के के गर्न हुने र गर्न नहुने छुट्याउनै लाग्दछ
जेन्जीको सपना भनी मन खुसी कुर्सी तिरै ताक्दछ।१।

बर्षा मौसमका खुला चउरमा उम्रिन्छ झ्याऊ जसै
खुल्दैछन् दल देशमा मन परी हुर्कन्छ च्याऊ तसै।
यौटाको रिसले दुई सय मिली खोलिन्छ पार्टी यहाकक
ल्याप्चे लाउन पुग्दछन् कर दिककदै पत्नी र साथीकहाकक।२।

झुट्टा भासण गर्दछन् सडकमा देखेसि सानो हुल
भ्रष्टाचार सधैकक सधैकक सहजले पारिन्छ झैकक निर्मुल।
के बोल्दा जनता तरङ्गित हुने गर्छन् त्यही काइदा
औककलामा गनिदा अझै नसकिने हुन्नन् अरू फाइदा।३।

कोही आपसमा मिलेर जनता झुक्याउने गर्दछन्
कोही बृद्ध उमेरमा पनि अझै बामे भनी सर्दछन्।
अर्काको कुभलो चिताउन सके पुग्थ्यो उही टापुमा
हुन्थ्यो जीत अबश्य पार्न सकिए संजाल नै काबुमा।४।

खेल्ने चौर सरी भयो मुलुक यो घाती दलाली बसी
थाले लेख्न बिधान देशभरमा सारा विदेशी पसी।
गर्दै लेपन सक्कली सुन भनी गर्ने भएछन् छल
मामामाइजु दाइभाउजु मिली खोल्ने भएछन् दल।५।

छन्द : शार्दूलविक्रिडित
गण : म – स – ज – स – त – त – गु
गण सङ्केत :  SSS – IIS – ISI – IIS – SSI – SSI – S

वि.सं.२०८२ कात्तिक २२ शनिवार ११:१२ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...