back
CTIZAN AD

लघुकथाः परित्यक्त

वि.सं.२०८२ कात्तिक २२ शनिवार

2K 

shares

मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर

सबैले भन्थे—“यस स्थानमा शान्ति छ।”

कथन अनुरूप, उसले पनि पहिलो पलमै शान्तिको अनुभव गर्यो । मनमा हल्का शीतलता छायो, तर एकाएक उसको मनमा तीक्ष्ण जिज्ञासाको काँडा गड्यो।
“आखिर किन यस्तो अनुभूति?”

उसका आँखाले वरिपरि खोतल्न थाले । कुनै चिरबिर थिएन, न त कुनै सुस्केरा । वातावरण यति जड थियो, मानौं समय नै थामिएको । यहाँसम्म कि आफ्नै सास पनि भारी लाग्न थाल्यो ।

“के यो शान्ति हो?” उसले मनमनै सोध्यो ।

“कि केवल जीवन विहीन मौनता?”

हृदयको शून्यताबाट एक हल्का प्रतिध्वनि निस्कियो–

“यो शान्ति होइन । यहाँ त आवाजहरू मरेका छन्।”

वि.सं.२०८२ कात्तिक २२ शनिवार ११:१४ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...