back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८२ कात्तिक २२ शनिवार

1.2K 

shares

वसन्त अनुभव
वसन्तविहार, घोराही, दाङ

१.
समृद्धि ल्याउँछु भनी
गफैमा दिन बित्यो
बिताउँछु अझै पनि ।

२.
मौका पर्खेर हान्ने
बुद्धिमान म जस्तो
छैनन् कोही जान्ने ।

३.
लुटेरै आएँ आजसम्म
देशको सारा ढुकुटी
अघाएन उदर टम्म ।

४.
कायर भई झुक्नेहरू
रोकिन्न कदम हात्तीको
भुकुन् जति भुक्नेहरू ।

५.
नसोच्नू छ बाहिर
नचाउँछु सत्ता औँलामा
खेलाडी म माहिर ।

६.
ग¥यो जिन्दगीले झेल
जीवन भयो मरुभूमि
आँखामा आँसुको भेल ।

७.
सकिनँ खुसी किन्न
दुःखकष्टमा छ जिन्दगी
मन हुन्छ खिन्न ।

८.
धोकेबाजको यो सहर
दिदैनन् धोकाबाहेक केही
मनमुटुमा छ जहर ।

९.
चलाई वचनको कटारी
खाइसकी मेरो मासु
अझै भन्छे शाकाहारी ।

१०.
पार्दछे मोरी एकैगाँस
भन्दै ढाक्रे मलाई
गर्दछे सधैँ उपहास ।

 

वि.सं.२०८२ कात्तिक २२ शनिवार ११:१६ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...