back
CTIZAN AD

गजल

वि.सं.२०८२ कात्तिक २२ शनिवार

2.5K 

shares

नवराज न्यौपाने ’मौन’
मातातिर्थ, काठमाडौँ

परेलीमा झनै धेरै कथा बक्ने निराशा छ
तरेली गाउँबस्तीमा व्यथा भुल्ने सहारा छ

बिरानीमा हराएझैं तिमी टाढा भयौ साथी
हिया दुख्दा मनै फाट्दा तिमी भन्छौ नि आहा छ

सबै आफ्ना हुदै हुन्नन् बिदा हुन्छन् कुनै बेला
सहेको चोट आफ्नै हो र भोग्ने दुःख ज्यादा छ

धरामा मिल्छ खोजेको नबोली काम गर्दामा
बिलाई देह जाने हो र काया आज कच्चा छ

बसाले हुन्छ आँखामा हटाए हुन्छ कुण्ठा नै
भरोसा टुट्न जाँदामा कठै बाँकी त चिन्ता छ

बहर : हजज मुसम्मन सालिम
अर्कान : मुफाईलुन् , मुफाईलुन् , मुफाईलुन् , मुफाईलुन् ,
वजन :१२२२ – १२२२ – १२२२ – १२२२
काफिया : आ (एकाक्षरी)
रदिफ : छ
अभ्यास : परिश्रमी पाठशाला

वि.सं.२०८२ कात्तिक २२ शनिवार ११:१७ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...