back
CTIZAN AD

आज सोमबार : तपाईँको राशिफल कस्तो छ ?

वि.सं.२०८२ मंसिर १ सोमवार

873 

shares

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईँको आत्मबल उच्च रहनेछ। अधुरो काम पूरा गर्ने ऊर्जा मिल्नेछ। कामकाजमा नयाँ उत्साह जाग्नेछ र परिवारको समर्थनबाट मन हलुका हुनेछ। आर्थिक पक्षमा सुधार आउने संकेत छ। साथीहरूसँगको भेटघाटले प्रेरणा बढाउनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धैर्य र संयम आवश्यक पर्ने दिन हो। योजना अनुसार काम सम्पन्न गर्न केही बाधा देखिन सक्छ तर अन्त्यमा स्थिति अनुकूल बन्छ। घर–परिवारमा सामान्य जिम्मेवारी बढ्नेछ। आर्थिक पक्ष स्थिर रहनेछ तर अनावश्यक खर्चबाट बच्नु बुद्धिमानी हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ काम सुरु गर्ने उत्साह बढ्नेछ। बुद्धि र विचार सुन्ने मानिसहरू धेरै भेटिनेछन्। आर्थिक लाभ प्राप्त हुने सम्भावना छ। प्रेम तथा सम्बन्धमा आत्मीयता बढ्नेछ। यात्रामा जानुपरेमा मनमा शान्ति रहनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज परिवार र भावनासम्बन्धी विषयमा समय बित्नेछ। मनमा शान्ति र स्थिरता आउनेछ। काममा बिस्तारै प्रगति हुनेछ। पुराना विवाद वा तनाव हल हुनु सक्छ। स्वास्थ्य सामान्य छ तर थकानले असर पुर्‍याउन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिश्रमको सही परिणाम पाइनेछ। बढ्दो प्रतिष्ठाले मन प्रसन्न हुनेछ। नयाँ अवसर आउन सक्छ। आर्थिक पक्ष मजबुत बन्नेछ। सामाजिक काममा सहभागिता बढ्नेछ। दाम्पत्य तथा पारिवारिक सम्बन्ध सुखद रहनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पुराना काम दोहोराएर सुधार गर्ने दिन हो। हतार नगरी बिस्तारमा अघि बढे राम्रो हुन्छ। आर्थिक पक्ष स्थिर छ। परिवारको माया–सहयोगले आत्मबल बढाउनेछ। पढाइ–लेखाइ तथा अध्ययनमा एकाग्रता बढ्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
उपहार, सम्मान वा सद्भाव पाइने समय हो। कामकाजमा प्रगति हुनेछ। व्यापार व्यवसायमा मनग्य लाभ मिल्ने संकेत छ। घर–परिवारमा चहल–पहल बढ्नेछ। प्रेम सम्बन्धमा आत्मीयता र न्यानोपन थपिनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साहस र लगनशीलता बढ्नेछ। बोलीको प्रभावले काम सहज हुनेछ। आर्थिक लाभ पाइनेछ। दिगो योजना सुरु गर्न राम्रो समय हो। परिवारमा खुसीयाली बढ्नेछ। स्वास्थ्य तन्दुरुस्त रहनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
यात्रा वा भेटघाटको योग बनेको छ। नयाँ योजना तथा अवसरको संकेत छ। विगतका कमीकमजोरी सुधार हुनेछ। आर्थिक लाभ हुने संभावना छ। प्रेम र मित्रतामा न्यानोपन बढ्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ चुनौती आए पनि धैर्यले काम गर्दा सफलता मिल्नेछ। खर्च बढे पनि आवश्यक क्षेत्रमा लगानी गर्नु बुद्धिमानी हुनेछ। परिवारमा मेलमिलाप बढ्नेछ। सामाजिक काममा मान–सम्मान बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आर्थिक स्रोत विस्तृत बन्नेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। अध्ययन, लेखन, सृजनात्मक क्षेत्रमा समय फलदायी छ। परिवारमा रमाइलो माहोल बन्नेछ। मित्रताको सम्बन्धमा बौद्धिक एकता देखापर्ने छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिष्ठा बढाउने काम हुनेछ। समाज वा कार्यक्षेत्रमा अवसर प्राप्त हुनेछ। आर्थिक पक्ष सजिलो छ। पारिवारिक तथा प्रेम सम्बन्ध जीवन्त रहनेछ। स्वास्थ्य सामान्य तर थोरै विश्राम लिनु आवश्यक हुनेछ।

२०८२ मङ्सिर १ गते, सोमबार
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

 

वि.सं.२०८२ मंसिर १ सोमवार ०६:४६ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...