back
CTIZAN AD

कमला पुल निर्माण तीव्र गतिमा अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता

वि.सं.२०८२ मंसिर ५ शुक्रवार

609 

shares

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको काम तीव्र गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

करिब १४ वर्षअघि ठेक्का सम्झौता भए पनि पुल निर्माण नसकिँदा यहाँका नागरिकले सास्ती खेप्नुपरेको गुनासो आएपछि मन्त्री घिसिङले आज स्थलगत अनुगमन गरेका हुन् ।

मन्त्री घिसिङले भने ‘मैले कमला पुलबारे धेरैपटक सुनिरहेको हो, पुल यस क्षेत्र र समग्रमा मधेशको लाइफलाइन हो, कमला पुलको निर्माण विना यो क्षेत्रको समग्र विकास हुन सक्दैन’ उनले भने ।

मन्त्री घिसिङसँगै युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशी, हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरका प्रमुख कृष्णकुमार महतो, जेन्जी अगुवाहरु सुदन गुरुङ, शिव यादव, पुरषोत्तम यादवलगायत सम्मिलित टोलीले कमला पुलको संयुक्त अनुगमन गरेका हुन् ।

अनुगमनकै क्रममा मन्त्री घिसिङ डुङ्गा चढेर धनुषाबाट सिरहा पुगेका थिए ।

विसं २०६८ जेठमा रु २४ करोड ९१ लाख लागतमा पप्पु लुम्बिनी जेभीसँग पुल निर्माणका लागि सम्झौता भएको थियो । विसं २०७१ मङ्सिरमा निर्माण सम्पन्न हुनुपर्ने पुल हालसम्म सकिएको छैन । पुल निर्माणका सम्झौता हाल नवौँ म्याद थपको प्रक्रियामा छ ।

विंस २०७८ असार १७ को बाढीका कारण पुलका दुई जग भासिँदा क्षति भएको थियो । कूल ४६९ मिटर लम्बाइको यो पुलको ८३ प्रतिशत भौतिक प्रगति र ८२ प्रतिशत वित्तीय प्रगति भएको छ ।

मन्त्री घिसिङले विगतमा पुल निर्माणमा भएका अनियमितताको सम्बन्धमा सम्बन्धित निकायले छानबिन गरिरहेको र दोषी देखिएकालाई कानुन बमोजिम कारबाही गरिने प्रतिबद्धता समेत जनाए । अनुगमनकै क्रममा मन्त्री घिसिङलाई कमला पुल निर्माण सङ्घर्ष समितिले समेत चाँडो पुल निर्माण गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।

वि.सं.२०८२ मंसिर ५ शुक्रवार १६:१९ मा प्रकाशित

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई...

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौँ । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,...

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्नुहुने...

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

काठमाडौँ । मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँगको...

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

काठमाडौँ । स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धान गर्न नेपाल दूरसञ्चार प्राधिकरणका...

पशु चौपायमा कृत्रिम गर्भाधान 

पशु चौपायमा कृत्रिम गर्भाधान 

चितवन । जिल्लाका ७० हजार २०६ पशु चौपायमा कृत्रिम गर्भाधान...