काठमाडौं । सिंहदरबारमा जेनजी–जेनजी समूहबीच नै भनाभन भएको छ । प्रधानमन्त्रीलाई भेट्न सोमबार सिंहदरबार पुगेका जेनजी समूहबीच आपसमै भनाभन भएको हो ।
‘कर्णाली जेनजी’ संयोजक सुप्रिया राज्यलक्ष्मी शाही र ‘द काउन्सिल अफ जेनजी’ (सुधन गुरुङ) समूहबीच भनाभना भएको छ ।
शाहीले सरकारलाई हातमा लिन खोज्ने सुधन, रक्षा बम र ओजस्वीराज थापा को हुन् ? भन्दै प्रश्न गरेकी छन् । शाही समूहले सुधन, रक्षालगायतका ुजेनजीु घाइते, मृतकका परिवारलाई छोडेर सरकारमा लिप्त भएको बताएकी छन् ।
उक्त समूहले आफूहरूलाई विभिन्न समूहले आक्रमण गर्न खोजेको भन्दै प्रधानमन्त्रीलाई भेट्न समय माग गरेको छ ।
वि.सं.२०८२ मंसिर ८ सोमवार १६:३९ मा प्रकाशित




























