back
CTIZAN AD

देवचुली महोत्सव–२०८२ पुस २५ देखि, १५ करोडको कारोबार हुने अपेक्षा

वि.सं.२०८२ मंसिर ८ सोमवार

3K 

shares

नवलपुर  । देवचुली नगरपालिका–१५ प्रगतिनगरमा हुने देवचुली महोत्सव–२०८२ पुस २५ गतेदेखि माघ ९ गतेसम्म सञ्चालन हुने भएको छ। ‘उद्योग, व्यापार, कृषि र पर्यटनको समृद्धि—समृद्ध र सुसंस्कृत नगरको उदय’ नारासहित महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ।

महोत्सवको जानकारी दिन सोमबार देवचुली उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरेको थियो। संघका अध्यक्ष सत्यनारायण भुषालले महोत्सवबाट करिब १५ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको जानकारी दिए। उनका अनुसार महोत्सवले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्नेछ।

स्थानीय उत्पादनदेखि पर्यटन प्रवर्द्धनसम्म

आयोजकका अनुसार महोत्सव केवल मनोरञ्जनका लागि मात्र होइन, स्थानीय कृषि उत्पादनको बजारीकरण, साना तथा घरेलु उद्योगको प्रवर्द्धन, पर्यटन प्रचार–प्रसार, स्थानीय कला–संस्कृतिको संरक्षण, तथा युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने लक्ष्य राखिएको छ।

१५० स्टल र विविध कार्यक्रम

महोत्सवमा कृषि तथा पशुपन्छी सामग्री, हस्तकला, घरेलु उद्योगका उत्पादन, लत्ताकपडा, फेशन, विभिन्न खानाका परिकार, मेसिनरी, अटोमोबाइल, बैंक, बीमा र सहकारी सेवासहित १५० स्टल रहनेछन्।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुति, परम्परागत लोकनृत्य, तथा विद्यालयस्तरीय नृत्य–गायन प्रतियोगिता रहने आयोजकले बताएको छ।

१.५ लाखसम्म दर्शक आउने अनुमान

१५ दिनसम्म चल्ने महोत्सवमा १ लाखदेखि १ लाख ५० हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको छ। महोत्सवले व्यापार–व्यवसाय बढाउने र रोजगारी सिर्जना गर्ने आयोजकको दाबी छ।

सुरक्षाका लागि प्रहरी, स्वयंसेवक र निजी सुरक्षा गार्ड खटाइनेछन्। ट्राफिक व्यवस्थापन, स्वास्थ्य सेवा, दमकल र सरसफाइमा विशेष ध्यान दिइने आयोजकले जनाएको छ।

वि.सं.२०८२ मंसिर ८ सोमवार १७:०५ मा प्रकाशित

बब्लु गुप्ताले माफी मागे

बब्लु गुप्ताले माफी मागे

काठमाडौं । पूर्वमन्त्री तथा संघीय संसद्  बब्लु गुप्ताले सामाजिक सञ्जालमा...

मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्‍यो विशेष सर्च गाइड

मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्‍यो विशेष सर्च गाइड

काठमाडौं । टिकटकले नेपाली प्रयोगकर्तालाई मनसुनी वर्षाका कारण आउने बाढीका...

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट...

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...