back
CTIZAN AD

स्याकार ट्रेडिङ्गद्वारा ‘होन्डा अल न्यु सीआर–भी’ नेपाली बजारमा सार्वजनिक

वि.सं.२०८२ मंसिर ११ बिहीवार

426 

shares

काठमाडौँ । नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रा. लि. ले आफ्ना ग्राहकहरूको बढ्दो चाहना र मागलाई मध्यनजर गर्दै नेपाली बजारमा ‘होन्डा अल न्यु सीआर–भी’ को बिक्री वितरण औपचारिक रुपमा सुरु गरेको छ।
यो नयाँ एसयूभीमा अत्याधुनिक प्रविधि र लक्जरी फिचर्सहरूको उत्कृष्ट संयोजन गरिएको छ। यसमा शक्तिशाली १.५ लिटर पेट्रोल टर्बो इन्जिन जडान गरिएको छ। गाडीको इन्टेरियर र सुविधाहरूमा विशेष ध्यान दिइएको छ, जसमा वेलकम सिट, फुल एलइडी लाइट, र पानोरामिक सनरुफ समावेश छन्। साथै, चालक र यात्रुको स्वास्थ्यलाई ध्यानमा राख्दै यसमा प्लाज्मा क्लस्टर प्रविधि प्रयोग गरिएको छ।

यसमा १० थान एयर व्याग भएकाले यात्रालाई थप सुरक्षित बनाउँछ। यस गाडीमा २१० एम् एम् ग्राउण्ड क्लिअरेन्स रहेको छ, जसले गर्दा कच्चि बाटोमा पनि यो एउटा राम्रो विकल्प हुन सक्छ । यसमा १०.२ इन्चको टिएफटी टच डिस्प्ले , चालकको सहजताका लागि ड्राइभर मेमोरी सिट र उत्कृष्ट साउन्ड अनुभवका लागि १२ वटा बोस प्रिमियम स्पिकर्स जस्ता ‘प्रिमियम फिचर्स’ हरू रहेका छन्।

सुरक्षाको हिसाबले पनि यो गाडी अब्बल छ। यसमा अडास लेभल २ ९ब्म्ब्क् ीभखभ िद्द० जडान गरिएको छ र जसले यात्रालाई सुरक्षित बनाउँछ। यो गाडी ७ सिटर क्षमतामा उपलब्ध भएकाले ठूलो परिवारका लागि समेत उपयुक्त हुनेछ । यसको शक्तिशाली इन्जिन, सस्पेन्सन र डिजाइनलाई हेर्दा नेपालको बाटोमा ‘पर्फेक्ट राइड’ को लागि यो गाडी एक उत्कृष्ट विकल्प हुन सक्छ।

कम्पनीका अनुसार, ग्राहकहरूका लागि विश्वस्तरीय प्रविधि र सुविधायुक्त गाडीहरू भित्र्याउन कम्पनी सधैँ प्रतिबद्ध छ। ‘होन्डा अल न्यु सीआर–भी’ ले नेपालको एसयूभी सेग्मेन्टमा लक्जरी र पर्फर्मेन्सको नयाँ उदाहरण बन्नेछ भन्नेमा कम्पनी पूर्णरुपमा विश्वस्त छ। यो गाडीले नेपाली ग्राहकहरूको यात्राको अनुभवलाई अझै विशेष बनाउनेछ।”

कम्पनीका अनुसार ‘होन्डा अल न्यु सीआर–भी’ चार आकर्षक रङहरू— कालो (ब्ल्याक) , सेतो (ह्वाइट), निलो (ब्लु) र सिल्भरमा उपलब्ध हुनेछन्। यो प्रिमियम गाडीको अनुभव लिन र ‘टेस्ट राइड’गर्न चाहने ग्राहक महानुभावहरूले ललितपुरको धोबिघाट स्थित होन्डाको आधिकारिक शोरुममा सम्पर्क गर्न सक्नुहुनेछ।

वि.सं.२०८२ मंसिर ११ बिहीवार ११:५७ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...