back
CTIZAN AD

आज शुक्रबार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ मंसिर १२ शुक्रवार

759 

shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मनमा नयाँ उत्साह जाग्नेछ । पुराना प्रयासले बिस्तारै सार्थकता देखाउन थालेपछि आत्मविश्वास बढ्नेछ । काममा ध्यान केन्द्रित गर्न सके राम्रो उपलब्धि हात लाग्नेछ । परिवारमा उमंगे वातावरण बन्न सक्छ, खासगरी आपसी समझदारी बढ्ने संकेत छ । आर्थिक पक्ष सहज छ तर अनावश्यक ठाउँमा खर्च बढ्न नदिनु राम्रो हुन्छ । यात्रा हुँदा सावधानी अपनाउनु बुद्धिमानी हुन्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजको दिन स्थिर र परिणाममुखी देखिन्छ । काममा लगन राखे मनले चाहेअनुसार प्रगति हुनेछ । परिवारभित्र रिस–राग कम भएर प्रेम र सद्भाव बढ्ने सम्भावना छ । रोकिएका कामहरू अघि बढ्नेछन् । आर्थिक रूपमा लाभदायक समय छ, नयाँ योजना बनाउने अवसर मिल्न सक्छ । स्वास्थ्य भने सामान्य कमजोर जस्तो महसूस हुन सक्छ, खानपानमा ध्यान दिनु उपयुक्त हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज मन केही बेचैन हुने सम्भावना छ, तर धैर्य राखे अन्त्यमा राम्रो परिणाम मिल्नेछ । विचारमा स्पष्टता नआउँदा योजना बनाउन कठिनाइ हुन सक्छ । साथीभाइसँग केही मतभेद देखिन सक्छ, तर संवादले समाधान मिल्नेछ । आर्थिक रूपमा स्थिर भए पनि खर्चको दबाब रहन सक्छ । कुनै नयाँ सीप वा अनुभव सिक्ने अवसर मिल्ने सम्भावना छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज भाग्यको साथ राम्रो देखिन्छ । अपेक्षा गरेभन्दा राम्रो परिणाम प्राप्त हुन सक्छ । जागिर र व्यवसायमा नयाँ अवसर देखा पर्ने छन् । घर–परिवारमा खुसीयाली बढ्नेछ । प्रेम जीवनमा विश्वास र आत्मीयता बलियो बन्ने संकेत छ । आर्थिक पक्ष बलियो देखिन्छ, लगानीका लागि अनुकूल समय छ । स्वास्थ्य राम्रो रहनेछ, शारीरिक चुस्ती–चालाकी बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज सम्हालिएर अघि बढ्नुपर्ने समय छ । काममा ढिलाइ हुन सक्छ, अरूको भर पर्नु पर्ने परिस्थिति आउन सक्छ । आम्दानी मध्यम भए पनि खर्च बढ्न सक्छ, त्यसैले ध्यान दिनु उचित हुन्छ । परिवारमा कुनै विषयमा असमझदारी हुन सक्छ, धैर्यपूर्वक सुनेर मात्र प्रतिक्रिया दिनु राम्रो हुन्छ । स्वास्थ्यमा हल्का समस्या देखिन सक्छ, थकान र तनावबाट जोगिनु राम्रो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन उत्साहपूर्ण रहनेछ । नयाँ योजना बनाउने वा पहिलेका कामलाई सफलतापूर्वक अघि बढाउने मौका छ । आर्थिक पक्ष बलियो रहनेछ, नयाँ आम्दानीको स्रोत खुल्न सक्छ । परिवारमा खुसी, मेलमिलाप र आत्मीयताका क्षण बित्नेछन् । अध्ययन–शिक्षामा प्रगति देखिन्छ । यात्रा वा छलफलबाट विशेष लाभ मिल्न सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज तपाईँका काम एकपछि अर्को सफल हुँदै जानेछन् । मिहिनेतले राम्रो परिणाम दिन्छ । आर्थिक रूपमा राम्रो फड्को मारिने समय छ । मनमा दयालुता र करुणा बढ्नेछ, जसले सम्बन्धमा मिठास ल्याउँछ । परिवारमा खुसीयाली आउन सक्छ । स्वास्थ्य सामान्य राम्रो रहनेछ । कुनै व्यक्तिको सहयोगबाट काम अघि बढ्ने सम्भावना छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज केही चुनौतीपूर्ण समय हुन सक्छ । मनमा चञ्चलता बढ्ने, निर्णयमा ढिलाइ हुने सम्भावना छ । तर धैर्य र विवेक अपनाए परिस्थिती नियन्त्रणमा आउँछ । आर्थिक रूपमा मध्यम दिन छ, खर्चमा संयमता आवश्यक । परिवारमा सामान्य कुरामा विवाद हुन सक्छ, तर संवादले समाधान सम्भव छ । यात्रा गर्दा सावधानी अपनाउनु राम्रो हुन्छ ।

धनु (ये, यो, भ, भि, ध, फ, ढ, भे, भो)
आज राम्रो दिन छ । योजना सफल हुनेछन्, जागिर वा व्यवसायमा उन्नति देखिन्छ । परिवारसँग रमाइलो समय बिताउन पाइनेछ । बन्दाबन्दीमा परेको काम पुनः चलायमान हुन सक्छ । आर्थिक रूपमा फाइदाजनक समय छ, नयाँ अवसर भेटिन सक्छ । स्वास्थ्य राम्रो रहनेछ, मन हल्का र सकारात्मक रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, khe, खो, गा, गि)
आज तपाईंको परिश्रमले राम्रो परिणाम दिनेछ । सामाजिक मान–प्रतिष्ठा बढ्ने सम्भावना छ । परिवारमा समर्थन र प्रोत्साहन मिल्नेछ । आर्थिक स्थितिमा सुधार हुनेछ, पुराना बक्यौता टुंगिन सक्छन् । अध्ययन र प्रतियोगितामा राम्रो फड्को मार्ने संकेत छ । स्वास्थ्यमा सामान्य सुधार हुनेछ, पुराना समस्या कम हुनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आजको दिन सबै दृष्टिले सकारात्मक छ । मनमा नयाँ सोच, योजनामा उत्साह र सम्बन्धमा हार्दिकता बढ्नेछ । आर्थिक लाभको राम्रो अवसर देखिन्छ । सामाजिक काम वा सहयोगी भावनाले मान–सम्मान बढ्न सक्छ । प्रेम जीवनमा खुलेर कुरा गर्दा सम्बन्ध अझ प्रगाढ हुनेछ । स्वास्थ्यमा स्फूर्ति बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आजको दिन सिर्जनात्मक र फलदायी रहनेछ । नयाँ जिम्मेवारी वा अवसर मिल्न सक्छ । कुनै पुरानो समस्या समाधानतर्फ उन्मुख हुनेछ । आर्थिक रूपमा राम्रो समय छ, लगानीका लागि पनि अनुकूल छ । परिवारमा सहयोग र सद्भाव बढ्नेछ । मानसिक शान्ति र आध्यात्मिक गतिविधिप्रति रुचि बढ्न सक्छ ।

१२ मंसिर २०८२, शुक्रबार, २८ डिसेम्बर २०२५
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

 

वि.सं.२०८२ मंसिर १२ शुक्रवार ०७:५७ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...