back
CTIZAN AD

मधुपर्कको ‘अमूर्त’ विमोचन

वि.सं.२०७४ जेठ ३० मंगलवार

1.2K 

shares

 madhupark

३० जेठ, काठमाडौँ । मधुपर्क साहित्यिक मासिकको ५०औँ वर्ष प्रवेशका अवसरमा सो पत्रिकाले आज आफ्नो ‘अमूर्त’ सांस्कृतिक विशेषाङ्क सार्वजनिक गरेको छ ।

साहित्यिक पत्रकारितामा नियमित मासिकमध्येको अगुवा मानिने मधुपर्कको सो ५७६औंँ पूर्णाङ्क यहाँ आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दी वाङ्मय पुरुष शत्यमोहन जोशीले संयुक्तरुपमा विमोचन गर्नुभयो ।

विशेषाङ्कमा नेपालका अमूर्त सम्पदाको परिचय, कात्तिक नाँच, दाफा सङ्गीत, मुन्धुम, लोकवार्ता, घाटु नृत्य, मूर्तिकला, वाग्मती सभ्यता, खार्पूनाथ आदिबारे विज्ञहरुको लेख, रचना समावेश छन् ।

कार्यक्रममा यसअघि घोषणा गरिएको रु २५ हजार राशिको मधुपर्क सम्मान यस वर्ष भाषाविद् चुडामणि बन्धु र कवि श्यामदास वैष्णवलाई प्रदान गरियो ।

गोरखापत्र संस्थानद्वारा आयोजित कार्यक्रममा राष्ट्रकवि घिमिरे, शताब्दी वाङ्मय पुरुष जोशी, सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्लगायतले पत्रिकाको निरन्तरताको कामना गर्नुभयो ।

सो पत्रिकाका सम्पादक श्रीओम श्रेष्ठ रोदनले दक्षिण एसियामै ५७६औँ पूर्णाङ्क प्रकाशित हुने सम्भवतः मधुपर्क नै पहिलो साहित्यिक पत्रिको हो भन्नुभयो

वि.सं.२०७४ जेठ ३० मंगलवार ०९:२९ मा प्रकाशित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...