back
CTIZAN AD

यसरी कतार पाठाइयो सौराहमा हुर्केका खगेन्द्र प्रसाद र रूद्रकली हात्ती

वि.सं.२०८२ पुस १ मंगलवार

792 

shares

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्न तय गरेका खगेन्द्रप्रसाद र रूद्रकली नामका दुई हात्तीलाई चितवनको सौराहाबाट औपचारिक रूपमा बिदाइ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका दुबै हात्तीलाई एक समारोहबीच उनीहरूको बसोबासस्थलबाट बिदाइ गरिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार दुबै हात्तीलाई चितवनबाट ट्रकमार्फत भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पु¥याइनेछ । त्यहाँबाट आगामी पुस २ गते कतार एयरवेजको चार्टर फ्लाइटमार्फत सिधै कतार पठाउने तयारी गरिएको छ ।

हात्तीलाई आवश्यक पर्ने हावापानी अनुकूलता र सुरक्षित ढुवानीलाई मध्यनजर गर्दै भैरहवाबाटै हस्तान्तरण गर्न लागिएको हो । पुस २ गते बिहान भैरहवामा नेपाल सरकारले कतार सरकारलाई औपचारिक रूपमा हात्ती हस्तान्तरण गर्ने जनाएको छ । नेपालले यसअघि विभिन्न मुलुकलाई गैँडा उपहार दिएको भए पनि हात्ती उपहार दिने यो पहिलो पटक हो ।

कतारमा हात्ती हुर्काउने व्यवस्थाका लागि हात्तीसँगै नेपालबाट एक जना भेटेरिनरी प्राविधिक र दुई जना माउतेलाई एक महिनाका लागि पठाइँदैछ । हात्तीको रहनसहन, आहार तथा हावापानी अनुकूलनका विषयमा नेपालबाट प्राविधिक टोली यसअघि नै कतार पुगेर स्थलगत अध्ययन गरिसकेको डा. पन्तले जानकारी दिनुभयो ।

हात्ती बिदाइ समारोहमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटा, निकुञ्जका कर्मचारी, हात्तीसार तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

वि.सं.२०८२ पुस १ मंगलवार १४:५७ मा प्रकाशित

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

काठमाडौँ । नेपाली लोकसंगीत क्षेत्रमा नयाँ गीत ‘खाइयो कसम’ सार्वजनिक...