back
CTIZAN AD

ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा

वि.सं.२०८२ पुस ४ शुक्रवार

834 

shares

काठमाडौं । ब्रिटिस काउन्सिलको आइइएलटिएस उपहारको तेस्रो संस्करणका विजेतालाई १७ डिसेम्वर, २०२५ का दिन आयोजित कार्यक्रममा पुरस्कृत गरिएको छ । सन् २०२४ को आइइएलटिएस उपहारको सफलतापछि थप परिस्कृत र सम्मान दिने उद्देश्यसहित परीक्षामा सहभागी भएका विद्यार्थीका लागि ब्रिटिस काउन्सिलले आइइएलटिएसको तेस्रो संस्करण आयोजना गरेको थियो ।

यसपटक १५ अगस्टदेखि ३० नोभेम्वरसम्म पेपर वा कम्प्युटरमार्फत आइइएलटिएसको परीक्षा दिनका लागि दर्ता भएका र आवश्यक शुल्क बुझाएका विद्यार्थी सहभागी भएका थिए । सहभागीमध्ये ९७ जना विद्यार्थीले उपहार जितेका छन् । साप्ताहिक लक्की ड्रबाट पुरस्कार जित्ने विद्यार्थीको चयन गर्दै ब्रिटिस काउन्सिलको फेसबुक पेजबाट घोषणा गरिएको थियो ।

यस वर्ष तीन जनाले मासिक रुपमा विजेता भएका थिए भने चार जनाले बम्पर पुरस्कार प्राप्त गरेका छन् । उनीहरुमध्ये मासिक रुपमा विजेता भएका तीन जनाले एप्पलको म्याकबुक एयर प्राप्त गरेका छन् । त्यस्तै, तीन जनाले बेलायत, युरोप र अमेरिकाका लागि टर्कीस एयरलाइन्सले प्रयोजन गरेको एकतर्फी हवाइ टिकट जितेका छन् भने एक विजेताले अस्ट्रेलिया जानका लागि ब्रिटिस काउन्सिलले प्रायोजन गरेको हवाइ टिकट जितेका छन् ।

– एप्पलको म्याकबुकका विजेता–प्रान्तिका अधिकारी, श्रद्धा श्रेष्ठ र कृतज्ञ श्रेष्ठ
-बेलायत, युरोप र अमेरिका जाने हवाइ टिकटका विजेता–सुशोभन चिमोरिया, अतिथी थापा र सन्दीप जमकट्टेल
-अस्ट्रेलिया जाने हवाइ टिकटका विजेता–शिक्षा त्रिपाठी

पुरस्कार वितरण समारोहमा आइइएलटिएसको दर्ताका लागि योगदान गरेका १० वटा साझेदार संस्थामध्ये तीन वटाको चयन गरेर पुरस्कृत गरिएको थियो । आइइएलटिएसको प्रवद्र्धनका लागि सहयोग गरेवापत् तीन वटा साझेदारलाई आइप्याड प्रदान गरियो । उत्कृष्ट साझेदार निम्न अनुसार छन्ः

-आरटीसी इङलिस
-सुमेधा एजुकेसन नेटवर्क
-द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी

पुरस्कार वितरण समारोहमा बोल्दै ब्रिटिस काउन्सिल नेपालकी निर्देशक प्रतिष्ठा थापाले भन्नुभयो–“ आइइएलटिस उपहार अभियानका सबै विजेतालाई बधाइ दिन चाहान्छु । नेपालभर आइइएलटिसको पहुँच विस्तार गरिरहँदा हामीले क्षमतावृद्धि र उपलव्धता बढाउँदै परीक्षाका सहभागीका लागि उनीहरुको रोजाइ, सुविधा र गुणस्तरमा ध्यान केन्द्रित गरेका छौं । साझेदारहरुसँगको बलियो सहकार्य र समन्वयबाट हामी प्रेरित भएका छौं, साझेदारहरुले आइइएलटिएसको परीक्षामा सहभागी हुने विद्यार्थीलाई उच्च शिक्षाको खोजीका लागि आत्मविश्वासका साथ अघि बढ्न सुरक्षित र उच्च गुणस्तरिय मूल्याङ्कनका लागि हामीलाई निरन्तर सहयोग गरिरहेका छन् ।
आइइएलटिएसबारे
अन्र्तराष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली (आइइएलटिएस) उच्च शिक्षा र विश्वव्यापी आप्रवासनका लागि विश्वको सबैभन्दा लोकप्रिय अंग्रेजी भाषाको दक्षता जाँच गर्ने प्रणाली हो । विश्वव्यापी रुपमा १३ हजार भन्दा बढी संस्थाले यसलाई मान्यता दिने गरेका छन् । आइइएलटिसलाई मान्यता दिने संस्थाभित्र शैक्षिक संस्था, रोजगारदाता, सरकारी र व्यवसायिक निकाय लगायत छन् । आइइएलटिसलाई ब्रिटिस काउन्सिल र आइडीपीले संयुक्त रुपमा सञ्चालन गरिरहेका छन् । थप जानकारीका लागिः धधध।ष्भतिक।यचन

ब्रिटिस काउन्सिलबारे
ब्रिटिस काउन्सिल संयुक्त अधिराज्य (युके) को साँस्कृतिक र शैक्षिक गतिविधिका लागि क्रियाशील अन्तराष्ट्रिय संस्था हो । ब्रिटिस काउन्सिलले संयुक्त अधिराज्य र अन्य देशका नागरिकबीच सम्वन्ध विस्तार गर्दै, एक–अर्काको बुझाइलाई परिस्कृत गर्दै तथा आपसी विश्वास र भरोसा निर्माण गर्दै शान्ति र समृद्धिका लागि सहयोग गर्दछौं । उक्त कार्य हामीले कला, संस्कृति, शिक्षा र अंग्रेजी भाषासम्बन्धी कार्यक्रममार्फत गरिरहेका छौं । हामी २ सय भन्दा बढी मुलुुक र भूूभागका नागरिकसँग काम गर्छौं । सन् २०२४–२०२५ मा ब्रिटिस काउन्सिल ६०० मिलियन व्यक्तिसमक्ष पुुगेको छ । धधध।दचष्तष्कजअयगलअष्।ियचन

 

 

वि.सं.२०८२ पुस ४ शुक्रवार १३:२५ मा प्रकाशित

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधा । सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक...

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहा । सिरहामा दुई पक्षबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली...

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक...

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

काठमाडौँ । आज साताको पाँचौँ कारोबारको दिन पनि नेप्से परिसूचक...

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

काठमाडौँ । ‘जेनजी मुभमेन्ट नेपाल’ले देशका विभिन्न भागमा पछिल्लो समय...